बर्डफ्लुको संक्रमण देखिएपछि भारतमा हजारौँ पन्छी मारिँदै | Khabarhub Khabarhub

बर्डफ्लुको संक्रमण देखिएपछि भारतमा हजारौँ पन्छी मारिँदै


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना कहरसँगै भारतमा बर्डफ्लुको संक्रमण पनि देखिएको छ । भारतका विभिन्न राज्यमा हाँस र कागमा फ्लुको संक्रमण देखिएपछि हजारौं पन्छी मार्न थालिएको छ।

विभिन्न राज्यमा ठूलो संख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लु भएको थाहा पाएका थिए। भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ।

केन्द्र सरकारले उच्च सतर्कता जारी गर्दै संक्रमण फैलन नदिन आपत्कालीन उपायहरू अपनाइएको जनाएको छ। मानिसलाई मरेका वा बिरामी देखिएका चराहरूको सम्पर्कमा नजान पनि आग्रह गरिएको छ।

कोरोना भाइरस महामारीबाट जुध्नका लागि भारतले आगामी सातादेखि दसौं लाख मानिसलाई खोप दिने अभियान थाल्न तयारी गरिरहेका बेला उक्त संकट देखापरेको हो। केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरूसमेत बन्द गरिएका छन्। त्यसका साथै, अण्डा बिक्रीको काममा समेत रोक लगाइएको छ।

उत्तरी राज्य हिमाचल प्रदेशमा साइबेरिया र मंगोलियाबाट बसाइँसराइ गर्दै आएका झन्डै २ हजार ५ सय चरा, खोया हाँसहरू मरेका पाइएको बीबीसीले जनाएको छ। त्यस्तै केरला राज्यमा १२ हजारभन्दा बढी हाँस मरेपछि राज्यको मापदण्डअनुसार विभिन्न ३६ हजार पन्छी मारिएका छन्।

भारतले बर्डफ्लुका कारण सन् २००६ मा ठूलो क्षति व्यहोरेको थियो। खुला सीमाका कारण भारतमा बर्डफ्लु पुष्टि हुनुलाई नेपालका लागि पनि जोखिमपूर्ण मानिन्छ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  १२ : १५ बजे

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं–  रूपन्देहीको  बुटवल उपमहानगरपालिका-२ फूलबारी बस्ने ५५ वर्षीया अनिता विश्वकर्माको घरमा विद्युत्

बनेपाबाट सात जना जुवाडे पक्राउ

काभ्रेपलाञ्चोक–  बनेपा नगरपालिका-४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ तीनधारा

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डोटी– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दिपायल सिलगढी नगरपालिका-१ ढार्चुम्मा

सुकुम्बासी बस्ती उठाउने बालेनको निर्णयविरुद्ध जेन-जीको समूह, समस्या नबुझी डोजर नचलाउन चेतावनी

काठमाडौं- काठमाडौंको बागमती र मनोहरा किनारसहितका सुकुम्बासी बस्ती उठाउने मेयर

कांग्रेसको नजरमा आलम : लोकतन्त्रका लागि लडे, पटक पटक जेल जीवन बिताए

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा