तपाईंका बालबालिका तनावमा त छैनन् ? यसरी थाहा पाउनुहोस् « Khabarhub

तपाईंका बालबालिका तनावमा त छैनन् ? यसरी थाहा पाउनुहोस्


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिस वयस्क वा ठुलो उमेरका मानिसमा मात्र मानसिक तनाव हुने मान्दछन् । तर तनाव हुने कुनै उमेर हुदैँन यो साना बालबालिकामा पनि हुने गर्दछ ।

कतिसम्म भने बोल्न नसक्ने बालबालिकामा पनि तनाव हुने गर्दछ । साना बालबालिकामा भोक लाग्दा, आमाको दुध खान नपाउँदा, ननिदाउँदा, पेट दुख्दाँ लगायतका अवस्थामा तनाव हुन्छ ।

सोचको कुरा नपाउँदा वा अकल्पिनीय घटनाबाट मानिसलाई तनाव हुने गर्दछ । यस्तोमा बालबालिकालाई चाहेको खेलौना नमिल्दा, सामान हराउँदा, भोक लाग्दा, मन नपर्ने काम वा खाना खानुपर्दा, जर्बजस्ती होमवर्क गर्दा, गाली वा पिटाईको डर, त्रास लगायतका कारणले तनाव हुने गर्दछ । सानो उमेरमा बालबालिकामा तनाव हुनु अत्यन्त हानिकारक हुन्छ ।

किन हुन्छ बालबालिकालाई तनाव ?
अभिभावकले चाहिने भन्दा बढी बच्चालाई निगरानीमा राख्दा, उनीहरुको कुरालाई महत्व नदिँदा, वास्ता नगर्दा, घर स्कुल वा वासस्थान परिवर्तन गर्दा, अर्को सन्तान जन्मिएमा, अभिभावकबीचको मनमुटाव, थकान, भोक वा विसन्चो, असुरक्षित महसुस भएमा, सुरक्षामा आँच आएमा बालबालिका तनावमा रहने गर्दछन् ।

बालबालिकामा हुने तनावको लक्षण
१. रोइरहनु, टाउको दुख्नु, पेट दुख्नु
२. बिना कारण बिरामी पर्नु
३. झगडा गरिरहनु, चिढिनु
४. अचानक व्यवहार परिर्वतन गर्नु
५. अरुलाई हानी पुर्‍याउन खोज्नु
६. तोडफोड गर्नु, दिक्क मान्नु
७. नबोल्ने, एक्लै बस्ने रुचाउनु
८. आत्तिए जस्तो गर्नु, नङ्ग टोक्नु, औला चुस्नु
९. अन्य समयमा भन्दा कम खानु
१०. ओच्छ्यानमा पिसाब फेर्नु

माथिका लक्षण बालबालिकामा देखिएमा उनीहरु मानसिक तनावमा छन् भनेर बुझ्नु पर्दछ । तसर्थ उनीहरुको तनाव कम गर्न पहिले बालबालिकाको मनोभाव बुझ्नु पर्दछ।

यसकालागी उनिहरुलाई माया गरेर उनीहरुसँग कुरा गरेर, प्रोत्साहन गरेर कुराकानी गर्नु पर्दछ । यस अलावा जीवनमा आएको परिवर्तनबारे बच्चासित कुरा गर्ने, डर, त्रास तथा चिन्ता सामान्य हा भनेर बुझाउने, तनावरहित बनाउन फकाउने, बच्चासित बोल्ने, खेल्ने, समय दिने गरेमा उनीहरुको तनाव कम गर्न सकिन्छ ।

साथै बच्चा तनावमा छन् भनेर पर्याप्त मात्रामा सुत्ने दिने, समयमा खुवाउने, बच्चा रुदाँ तुरुन्तै प्रतिक्रिया जनाउने, बच्चाप्रति आफ्नो माया दर्शाउने र एक्लो महसुस हुन नदिने गरेमा उनीहरुको तनाव कम हुदैँ जान्छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  १ : ४८ बजे

स्थानिय तहमा सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख

कोशी प्रदेशसभाबाट आमसञ्चार विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा

ओली र लेखक दुवैका बन्दी प्रत्यक्षीकरण रिट खारेज, परमादेश जारी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट