भेरी नदीमा बस खस्यो, एकको मृत्यु « Khabarhub

भेरी नदीमा बस खस्यो, एकको मृत्यु


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिका ९ गरालेस्थित भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बसका चालक सुमन नेपालीको मृत्यु भएको हो । २२ वर्षीय उनी दाङको बबई गाउँपालिका–३ निवासी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतका प्रमुख उपेन्द्र आचार्यका अनुसार ना ५ ख ७७५० नम्बरको मिनी बस आज दिउँसो सुर्खेतको गुर्भाकोट नगरपालिका-९ मा दुर्घटना भएको हो ।

बस सडकबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । सल्यान कालीमाटीदेखि बोटेचौरतर्फ जाँदै गरेको सो बसमा जम्मा तीन जनामात्र रहेको बताइएको छ । ्

दुर्घटनामा कालिमाटी गाउँपालिका–४ का ईश्वर सुनार घाइते भएका छन् । दुर्घटनास्थलबाट उनको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

अर्का एकजनाको अवस्था भने अज्ञात रहेको छ । उनको खोजी कार्य जारी रहेको प्रहरीको जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ५ : २७ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान