'ओली प्रवृत्ति'ले लोकतन्त्र र संविधान संकटमा : अध्यक्ष नेपाल  | Khabarhub Khabarhub

‘ओली प्रवृत्ति’ले लोकतन्त्र र संविधान संकटमा : अध्यक्ष नेपाल 


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘दाहाल-नेपाल’ समूहका अध्यक्ष माधवकुमार नेलालले ओली प्रवृत्तिले अहिलेको समस्या निम्तिएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध भएको नागरिक समाजसँगको अन्तक्रिया उनले ओली प्रवृत्तिकै कारण लोकतन्त्र र संविधान खतरामा पुगेको आरोप लगाए ।

‘प्रधानमन्त्री ओलीले गर्दा अहिलेको समस्या आएको होइन। ओली प्रवृत्तिले समस्या निम्त्याएको हो। केपी प्रवृत्तिले लोकतन्त्र र संविधानमा समेत धावा बोलेको छ’ उनले भने, ‘ओली प्रवृत्तिकै कारणले अहिलेसम्म प्राप्त उपलब्धि संकटमा पुगेको छ।’

प्रधानमन्त्री ओलीले पार्टीको विधि र पद्धतिमा नचलेको कारणले पार्टीमा समस्या भएको उनले बताए। प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदमविरुद्ध सबै एकजुट भएर लाग्न समेत उनले आग्रह गरे।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ६ : ०२ बजे

भोलि महाशिवरात्रि : यसरी गर्नुहोस् आराध्यदेव भगवान् शिवको पूजा-आराधना

काठमाडौ‌– भोलि महाशिवरात्रि पर्व । जस्तो कृष्ण भगवान् जन्मिएको रात्रिलाई

मैले बोल्दा मनोवैज्ञानिक रूपमा अवरोध गरियो : नारायणकाजी

चितवन– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनतासँग माओवादी

चालू आवको दोस्रो मौद्रिक नीतिको समीक्षा हुँदै

काठमाडौं– राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल बिताएर

अधिकार त्यसै प्राप्त भएको हैन, विगतको संघर्ष र त्याग भुल्नु हुँदैन : उपप्रधानमन्त्री सिंह

काठमाडौं – उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले