‘दाहाल-नेपाल’ निकट अनेरास्ववियुद्वारा काठमाडौँमा प्रधानमन्त्रीको पुत्ला दहन (भिडियोसहित) « Khabarhub

‘दाहाल-नेपाल’ निकट अनेरास्ववियुद्वारा काठमाडौँमा प्रधानमन्त्रीको पुत्ला दहन (भिडियोसहित)


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा ‘दाहाल-नेपाल’ निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौँमा प्रदर्शन गरेको छ ।

अनेरास्ववियुका कार्यकर्ताहरुले काठमाडौंको नयाँबानेश्वरस्थित निषेधीत क्षेत्र प्रदर्शन गरेका हुन ।

संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेका उनीहरुले बिहीबार अपराह्न बानेश्वरमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन ।

हेरौँ भिडियो

मिनभवनस्थित कमर्स क्याम्पसबाट प्रदर्शन गर्दै बानेश्वर पुगेर उनीहरुले पुत्ला दहन गरेका थिए ।

उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसलगतै उनीहरुले क्याम्पसबाहिर पनि प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए ।

त्यस्तै बिहीबार नै काठमाडौंको प्रदर्शनीमार्ग पनि अनेरास्ववियुका कार्यकर्ताहरुले मसाल जुलुस निकाल्नुका साथै प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।

रत्नराज्य लक्ष्मी क्याम्पसबाट प्रदर्शन गर्दै उनीहरुले प्रदर्शनीमार्गमा पुत्ला दहन गरेका हुन । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनमा उनीहरुले संसद बिघटन असंवैधानिक भएको भन्दै निरन्तर आन्दोलन गर्ने बताएका थिए ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ७ : ४२ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र