आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६ सेप्टेम्बर ११ तारिख। भदौ कृष्ण पक्षको औंसी तिथि। मोतीराम भट्ट जन्मजयन्ती, कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आज स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गरिरहको छ। कतै केही प्रयास गरेको भए सफतलता मिल्नेछ। सामाजिक राजनीति क्षेत्रमा सेवाका अवसर प्राप्त हुनेछन्। दाम्पत्य जीवनमा भने खटपटी बढ्नेछ।

वृष : दिन सामान्य छ। आज सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा गर्नुपर्ने हुनसक्छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। मान्यजनको आशिर्वाद लिएर गरेको काममा सफलता मिल्नेछ। व्यापारमा भने झमेला आइलाग्न सक्छ।

मिथुन : दिन सामान्य राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा केही ढिलासुस्ती हुनसक्छ। आम्दानीका स्रोत भेटिनेछन्। मिहिनेतको फल मिल्नेछ ।

कर्कट : दिन राम्रो छ। साथीभाइ दाहिना छन्। मिष्ठान्न भोजन मिल्नेछ। शिक्षामा केही ढिलासुस्ती हुनेछ। आम्दानीका स्रोत सबल छन्। परिवारको साथ सहयोग मिल्नेछ।

सिंह : दिन राम्रो छ। बोलीको प्रभावले तपाईंको काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी फस्टाउनेछ। विदेशमा भन्दा स्वदेशमा विकल्प भेटिनेछन्। मनमा नराम्रा विचार आउन सक्छन्। बिहान उठेर पिपलको बोटमा पानी हाल्नु फाइदा हुनेछ।

कन्या : दिन सामान्य छ। अरुले गरेका गल्तीले तपाईंलाई अपजस आइलाग्न सक्छ। आज पूर्वको लामो यात्रा नजानुहोला। स्वास्थ्य र शिक्षामा भने सुधारका संकेत देखिनेछन्। आज सोचेर बोल्नुपर्ने दिन छ ।

तुला : दिन राम्रो छ। आज बनाएको योजनाको दीर्घकालीन प्रभाव पर्नेछ। परिवारको साथ र सहयोग रहनेछ। मनमा रहेको खटपटी कम हुनेछ। ठूलाबडाको साथले मनमा उत्साह थपिनेछ।

वृश्चिक : दिन राम्रो छ। आम्दानी हुनेछ। स्वास्थ्य र शिक्षामा सफलता प्राप्त हुनेछ । परिवारको सल्लाह लिएर अघि बढ्नु उपयुक्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। आज आफन्तको सहयोग मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। आज पूर्वको लामो यात्रामा ननिस्कनु होला। अरुलाई विश्वास गर्दा घात हुनसक्छ।

कुम्भ : राम्रो दिन छ । सोचेका  काम  बन्नेछन् । मनमा खुसी  मिल्नेछ ।  साथीभाइसँगको  भेटले नयाँ योजना बन्नेछन् । मिहिनेतको फल मिल्नेछ ।

मीन : दिन सामान्य छ। शत्रु बढ्नेछन्। हरेक काममा असन्तुष्टी बढ्ने छ। राजनीतिमा हात नलगाउनु राम्रो हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ५ : १५ बजे

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौं– कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा

बाढीको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौँ – भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६