संसद् पुनःस्थापनाले मात्रै अहिलेको समस्या समाधान हुँदैन : राजेन्द्र महतो « Khabarhub

संसद् पुनःस्थापनाले मात्रै अहिलेको समस्या समाधान हुँदैन : राजेन्द्र महतो


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन् ।

काठमाडौँमा भएको साक्षात्कारमा बोल्दै नेता महतोले संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने बताए ।

उनले  संसद पुनःस्थापना र मध्यावधि चुनाव दुवै संभ्रान्तहरुको स्वार्थ रक्षाको एजेन्डा भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराएर प्रतिगमन गरेको महतोको भनाइ थियो ।

देशका सबै महत्वपूर्ण एजेन्डालाई फाष्ट ट्रयाकमा राखेर बनाइएको उल्लेख गर्दै सबै जनताले आफ्नो ठान्न नसकेको बताए ।

देशमा सातवटा संविधान बनाइसकिएको र पटक पटक कू भएको महतोको भनाइ थियो ।

प्रधानमन्त्री ओलीलाई श्री ५ महाराजाधिराज केपी ओली भन्दै चोरमाथि चकार गरेको आरोप लगाए ।

उनले चुनावले समस्याको समाधान गर्न नसक्ने धारणा राखेका थिए । आफूहरुले बहुल राज्य स्थापना गरेर स्थायी समाधान निकाल्ने उनले बताए ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ६ : ४६ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको