उपाध्यक्ष गौतम र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता « Khabarhub

उपाध्यक्ष गौतम र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच विहीबार भेटवार्ता भएको छ ।

संसद विघटनपछि नेकपा दुई समूहमा विभाजित भएका बेला चिनियाँ राजदूत यान्छीसँग उपाध्यक्ष गौतमले गरेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

विहीबार दिउँसो नक्सालमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

नेकपाभित्र विवाद हुँदा यसअघि पनि चिनियाँ राजदूत यान्छीले नेताहरुसँग भेटवार्ता गरेकी थिइन ।

विभाजित नेकपालाई एकता गराउने अभियानमा आफू लागेको बताइरहेका उपाध्यक्ष गौतम हालसम्म कुनै पनि समूहमा खुलेर लागेका छैनन ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–नेपाल समूहले गरेका छन् ।

प्रचण्ड-नेपाल समूहले संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै सडक संघर्ष जारी राखेका छन् ।

 

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ७ : १० बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको