सन्दीपले किफायती बलिङ गरे पनि सिड्नीसँग हार्‍यो होबार्ट « Khabarhub

सन्दीपले किफायती बलिङ गरे पनि सिड्नीसँग हार्‍यो होबार्ट


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा विकेट लिए पनि उनी आवद्ध  टोली होबार्ट हुरिकेन्स पराजित भएको छ ।

होबार्ट आज भएको खेलमा सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको हो । पर्थमा टस हारेर ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।

एक सय ६८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन मात्र बनाउन सक्यो ।

होबार्टका लागि कप्तान पिटर ह्यान्डस्कोम्बले ३०, बेन म्याकडरमोटले २२, डार्सी सर्टले १९, डेविड मलानले २० तथा कोलिन इनग्रामले १२ रन बनाए ।

बलिङतर्फ सिड्नी थन्डरका तनवीर सङ्घा, क्रिस ग्रिन र नाथन म्याकएन्ड्र्यूले दुई दुई विकेट लिएका थिए ।

यसअघि सिड्नीका लागि ब्याटिङ गर्ने क्रममा उस्मान ख्वाजाले ४९, एलेक्स रसले ४४, बेन कटिङले ३१, एलेक्स हेल्सले २१ तथा अर्जुन नायरले १५ रनको योगदान दिएका थिए ।

बलिङतर्फ होबार्टका लागि डार्सी सर्टले तीन तथा सन्दीप लामिछानेले एक विकेट लिएका थिए ।

लामिछाने खेलको छैटौं ओभरमा बलिङ गर्न आएका थिए । उनले पहिलो ओभरमा ६ रन खर्चिएका थिए । लामिछानेले आफ्नो दोस्रो ओभरमा सिड्नीका कप्तान कलुम फर्गुसनलाई आउट गराएका थिए ।

सो ओभरमा उहाँले चार रन मात्र खर्चिएका थिए । लामिछानेले आफ्नो तेस्रो ओभरमा ६ तथा चौथो ओभरमा सात रन खर्चिएका थिए ।

हाल जारी बिग बास लिगमा लामिछानेको यो तेस्रो खेल हो । उनले पहिलो खेलमा दुई तथा दोस्रो खेलमा एक विकेट लिएका थिए । लामिछाने आवद्ध होबार्ट हालसम्म ९ खेलमध्ये पाँचमा जित तथा चारमा हारका साथ १९ अंक जोड्दै आठ टोली सम्मिलित लिगको तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ९ : ०४ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६