स्थायित्व र शान्तिबिना समृद्धि सम्भव छैन : प्रदेश प्रमुख शेरचन « Khabarhub

स्थायित्व र शान्तिबिना समृद्धि सम्भव छैन : प्रदेश प्रमुख शेरचन


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व र शान्तिबिना विकास र समृद्धि सम्भव नहुने धारणा राखेका छन् ।

पोखरा फोटोग्राफर सङ्घ नेपालको ३९औँ साधारणसभा तथा अधिवेशन एवं पोखरा फोटोग्राफी अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकता र सहमतिबिना समृद्धि प्राप्त गर्न नसकिने बताए ।

विकास र समृद्धिको भाषण धेरै भएको भन्दै उनले अब व्यवहारमा समृद्धि ल्याउने बेला आएको बताए । देशको स्वाधीनता बचाउन र राष्ट्रियताको रक्षा गर्न सम्पूर्ण नेपाली एक हुनुपर्ने भन्दै प्रदेश प्रमुख शेरचनले स्थायित्वका लागि सबैको एकता आवश्यक भएको उल्लेख गरे ।

इतिहासलाई जीवित राख्न फोटोग्राफीको ठूलो महत्व रहेको र त्यसमा फोटोग्राफरले महत्वपूर्ण टेवा पुर्‍याउँदै आएको बताउँदै प्रदेश प्रमुख शेरचनले फोटोग्राफीले इतिहासलाई सम्झाउन मद्दत पुर्‍याउने उल्लेख गरे ।

कार्यक्रममा लाइभटाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ फोटोग्राफर विश्वरत्न शाक्य, कैलाश फोटोग्राफर अफ द इयर अवार्डबाट जय गुरुङ, पोखरा फोटोग्राफी अवार्डबाट काजल श्रेष्ठ, सन्देश उदास, बिलक सुवेदी, मञ्जुल शाक्य, सुके घले, महेन्द्रराज बराललाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

सङ्घद्वारा प्रकाशित ‘फोकस’ बुलेटिनको प्रदेश प्रमुख शेरचनले विमोचनसमेत गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका–४ का वडाध्यक्ष शङ्कर बाँस्तोला, नेपाल फोटोग्राफर महासङ्घका संयोजक महेन्द्रप्रसाद उपाध्याय, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकाल, पोखरा उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष बलराम आचार्य, कार्यक्रममा सम्मानित व्यक्तित्व विश्वरत्न शाक्य, कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवहरि अधिकारी र अक्षयकोष दाताको तर्फबाट अशोक बाटाजुले पुरस्कारले फोटोग्राफरको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ७ : २५ बजे

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी