वर्षा र हिमपातपछि बढ्यो चिसो, आजबाट मौसम सुधार हुने (तीन दिनको पूर्वानुमानसहित) « Khabarhub

वर्षा र हिमपातपछि बढ्यो चिसो, आजबाट मौसम सुधार हुने (तीन दिनको पूर्वानुमानसहित)


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले मुलुकका विभिन्न भागमा भएको वर्षा र हिमपातपछि मुलुकभरको तापक्रममा गिरावट आएको छ ।

तापक्रम घट्दा चिसो बढेको अनुभूति भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम १ डिग्री सेल्सियस छ । यो शनिबारको भन्दा कम हो । शनिबार बिहानको न्युनतम तापक्रम ७ डिग्री मापन गरिएको थियो ।

विभिन्न स्थानमा शुक्रबार र शनिबार वर्षा र हिमपात भएपछि मुलुकका अधिकांश स्थानको तापक्रम घटेको छ । तर आजबाट क्रमिकरूपमा मौसम खुल्दै जाने भएकाले अब तापक्रम बढ्दै जाने मौसमविद्को पूर्वानुमान छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा आज पनि पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ तर, तीन दिनसम्म वर्षाको सम्भावना छैन ।

महाशाखाका अनुसार हाल प्रदेश-१ का पहाडी भेगमा सामान्य वदलीको अवस्था छ । अन्यत्रको मौसम भने सफा रहने पूर्वानुमान गरिएको छ ।

वर्षा र हिमपातको सम्भावना नरहे पनि चिसो अझै रहिरहने तथा तराईका भू-भागमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन भने महाशाखाले आह्वान गरेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ २५ गते (आइतबार)

दिउँसो : प्रदेश १ को पहाडी भू-भागमा आंशिक वदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राति :  प्रदेश १ को पहाडी भू-भाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

माघ २६ गते (सोमबार)

दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति :  सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ २७ गते (मंगलबार)

दिउँसो : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति:  सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ७ : ४० बजे

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको

अवैध लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग 

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा