वर्षा र हिमपातपछि बढ्यो चिसो, आजबाट मौसम सुधार हुने (तीन दिनको पूर्वानुमानसहित) « Khabarhub

वर्षा र हिमपातपछि बढ्यो चिसो, आजबाट मौसम सुधार हुने (तीन दिनको पूर्वानुमानसहित)


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले मुलुकका विभिन्न भागमा भएको वर्षा र हिमपातपछि मुलुकभरको तापक्रममा गिरावट आएको छ ।

तापक्रम घट्दा चिसो बढेको अनुभूति भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम १ डिग्री सेल्सियस छ । यो शनिबारको भन्दा कम हो । शनिबार बिहानको न्युनतम तापक्रम ७ डिग्री मापन गरिएको थियो ।

विभिन्न स्थानमा शुक्रबार र शनिबार वर्षा र हिमपात भएपछि मुलुकका अधिकांश स्थानको तापक्रम घटेको छ । तर आजबाट क्रमिकरूपमा मौसम खुल्दै जाने भएकाले अब तापक्रम बढ्दै जाने मौसमविद्को पूर्वानुमान छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा आज पनि पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ तर, तीन दिनसम्म वर्षाको सम्भावना छैन ।

महाशाखाका अनुसार हाल प्रदेश-१ का पहाडी भेगमा सामान्य वदलीको अवस्था छ । अन्यत्रको मौसम भने सफा रहने पूर्वानुमान गरिएको छ ।

वर्षा र हिमपातको सम्भावना नरहे पनि चिसो अझै रहिरहने तथा तराईका भू-भागमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन भने महाशाखाले आह्वान गरेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ २५ गते (आइतबार)

दिउँसो : प्रदेश १ को पहाडी भू-भागमा आंशिक वदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राति :  प्रदेश १ को पहाडी भू-भाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

माघ २६ गते (सोमबार)

दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति :  सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ २७ गते (मंगलबार)

दिउँसो : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति:  सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ७ : ४० बजे

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने