ला लिगामा रियलको पुनरागमन जित « Khabarhub

ला लिगामा रियलको पुनरागमन जित


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ ।

शनिबार राति भएको खेलमा साविक विजेता रियलले हुयस्काविरुद्ध २-१ गोलको पुनरागमन जित निकालेको हो ।

हुयस्काको मैदानमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै रियलले जित निकालेको हो ।

रियलको जितमा राफायल भरानले दुई गोल गरे । हुयस्काका जाभी गलनले एक गोल गरे ।

खेलको ४८औँ मिनेटमा जाभीको गोलबाट घरेलु टोलीले अग्रता बनाएको खेलमा भरान चम्किएपछि रियलले उत्कृष्ट पुनरागमन गर्‍यो ।

५५औँ मिनेटमा भरानले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए । ८४औँ मिनेटमा भरानले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसंगै रियल ४३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित हुयस्का १६ अंकसहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ७ : ५५ बजे

उपराष्ट्रपति यादव कतार भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार

गभर्नरलाई बोलाएर प्रधानमन्त्रीले भने : अर्थतन्त्रलाई गतिशील बनाउन सहजीकरण गर्नू, लचकता अपनाउनू

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो

इङ्लिस किपर पिकफोर्डको पानीको बोतलमा के पढिरहेका थिए मेस्सी ?

काठमाडौं- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले एउटा पानीको बोत्तलमा ध्यानपूर्वक पढिरहेको

उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरुवा

काठमाडौं– न्याय परिषद्ले सयौँ न्यायाधीशको एकैपटक सरुवा गरेको छ ।

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशनमा हेरफेर, सेयर कर्जा, सवारी कर्जा र निर्माण व्यवसायीलाई राहत

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी