देशको परिस्थितिले दिक्क नीता, बोलिन् राजतन्त्रको पक्षमा « Khabarhub

देशको परिस्थितिले दिक्क नीता, बोलिन् राजतन्त्रको पक्षमा


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुंगाना यतिबेला ‘माही’ नामक भोजपुरी फिल्म शूटिङका क्रममा भारतमा छिन् ।

उनले अभिनय गरेको भोजपुरी फिल्म हालै युट्युबमा रिलिज गरिएको थियो । उक्त फिल्मले दर्शकबाट औसत प्रतिक्रिया पाएको थियो ।

नीता सार्वजनिक रुपमा भने खासै सहभागी हुँदिनन् । न त उनले त्यति राजनीतिबारे चासो नै व्यक्त गरेको पाइन्छ ।

यतिबेला भने नीताले नेपालको राजनीतिक अवस्थाले दिक्क भएको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबूकमार्फत आफू नेपालको राजनीतिले दिक्क भएको बताएकी छिन् ।

‘कहिले होला हामी नेपाली आनन्दले काम गरेर बस्न पाउने अवस्था आउने, नेताहरुले जनतालाई दुःख नदिने भन्छन्, फेरि नेपाल बन्द गरेर जनतालाई नै दुःख दिन्छन्,’ उनले भनिन् ।

नेपालका नेताहरुका कारणले नै यो देशको विकास हुन नसकेको उनको गुनासो थियो ।

‘नेपालमा सजिलोसँग काम गरेर खान पनि पाइँदैन, नेपाल बन्दका नाममा सडकमा तरकारी फ्याँकियो,’ उनले भनिन् ।

आफूले राजतन्त्र, लोकतन्त्र, गणतन्त्र भोगिसकेको तर अब देशमा अब नयाँ सिस्टमको खाँचो भएको उनले धारणा राखिन् । उनले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका निर्णय केही हदसम्म राम्रा भए पनि उनले देशलाई मजाकका रुपमा लिएको बताइन् ।

‘चाहे त्यो राजतन्त्र आएर होस् या नआएर होस्, देशलाई राम्रो हुनुपर्‍यो, राजालाई पनि केही स्थान त दिनुपर्छ जस्तो लाग्छ मलाई,’ उनले भनिन् ।

राजतन्त्रले देशको हितका लागि केही हुनसक्ने र नेपालमा राजतन्त्र आवश्यक भएको समेत बताइन् । ‘देशको विकासमा सबै राम्रो भइदिए कस्तो राम्रो हुन्थ्यो होला नि है,’ नीताले भनिन् ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १० : ४६ बजे

चुनाव नजिकिएसँगै सुरू भयो दिल्ली दौड, प्रचण्डपछि आरजु पनि उडिन्

काठमाडौं- नेपालमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने अवस्था बन्दै

रानी मुखर्जी र अक्षय कुमार ‘ओ माई गड ३’ मा एकसाथ

काठमाडौँ – बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जी ‘ओ माई गड

दुई घण्टा ढिलो गरेर सुरू भयो रास्वपाको एकता सभा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को बृहत् राजनीतिक समायोजन घोषणा सभा

विभाजनको आशंकाबीच कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं- विभाजनको आशंकाबीच नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ललितपरको

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१-८२ को वार्षिक