देशको परिस्थितिले दिक्क नीता, बोलिन् राजतन्त्रको पक्षमा « Khabarhub

देशको परिस्थितिले दिक्क नीता, बोलिन् राजतन्त्रको पक्षमा


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुंगाना यतिबेला ‘माही’ नामक भोजपुरी फिल्म शूटिङका क्रममा भारतमा छिन् ।

उनले अभिनय गरेको भोजपुरी फिल्म हालै युट्युबमा रिलिज गरिएको थियो । उक्त फिल्मले दर्शकबाट औसत प्रतिक्रिया पाएको थियो ।

नीता सार्वजनिक रुपमा भने खासै सहभागी हुँदिनन् । न त उनले त्यति राजनीतिबारे चासो नै व्यक्त गरेको पाइन्छ ।

यतिबेला भने नीताले नेपालको राजनीतिक अवस्थाले दिक्क भएको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबूकमार्फत आफू नेपालको राजनीतिले दिक्क भएको बताएकी छिन् ।

‘कहिले होला हामी नेपाली आनन्दले काम गरेर बस्न पाउने अवस्था आउने, नेताहरुले जनतालाई दुःख नदिने भन्छन्, फेरि नेपाल बन्द गरेर जनतालाई नै दुःख दिन्छन्,’ उनले भनिन् ।

नेपालका नेताहरुका कारणले नै यो देशको विकास हुन नसकेको उनको गुनासो थियो ।

‘नेपालमा सजिलोसँग काम गरेर खान पनि पाइँदैन, नेपाल बन्दका नाममा सडकमा तरकारी फ्याँकियो,’ उनले भनिन् ।

आफूले राजतन्त्र, लोकतन्त्र, गणतन्त्र भोगिसकेको तर अब देशमा अब नयाँ सिस्टमको खाँचो भएको उनले धारणा राखिन् । उनले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका निर्णय केही हदसम्म राम्रा भए पनि उनले देशलाई मजाकका रुपमा लिएको बताइन् ।

‘चाहे त्यो राजतन्त्र आएर होस् या नआएर होस्, देशलाई राम्रो हुनुपर्‍यो, राजालाई पनि केही स्थान त दिनुपर्छ जस्तो लाग्छ मलाई,’ उनले भनिन् ।

राजतन्त्रले देशको हितका लागि केही हुनसक्ने र नेपालमा राजतन्त्र आवश्यक भएको समेत बताइन् । ‘देशको विकासमा सबै राम्रो भइदिए कस्तो राम्रो हुन्थ्यो होला नि है,’ नीताले भनिन् ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १० : ४६ बजे

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका

विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय विपद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको