वर्ल्डलिंकको ‘तहल्का’ इन्टरनेट योजना « Khabarhub

वर्ल्डलिंकको ‘तहल्का’ इन्टरनेट योजना


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढि मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउने योजना “तहल्का” ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकले नेटभिटिले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टिभी च्यानलहरू र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक रु. ७९९ मै पाउने छन् ।

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल बताउँछन इन्टरनेट जडान गरेर पनि इन्टरनेटको प्रयोग धेरै नगर्ने सबै ग्राहकहरुका लागि उपयुक्त हुने गरी “तहल्का” योजना ल्याएका छौ ।

उनी भन्छन् “तहल्का” अफर सस्तो भएको हुनाले आधारभूत टिभी प्रयोगकर्ताहरू, सोशल मिडिया लगायत अन्य एपहरू प्रयोग गर्ने ग्राहकहरुका लागि धेरै नै उपयुक्त छ । हाम्रो यस प्रयासले सरकारको डिजिटल नेपाल कार्यक्रम लाई समेत सघाउने छ ।

हामीले आईपीटीभी र इन्टरनेट सेवा दुबैका लागि मासिक ७९९ रूपैयाँ मात्र शुल्क राखेका छौ ।

वर्ल्डलिंकले यस अफरसँगै नेटभीटी (आईपीटीवी) सेवासँगै कम्बो प्याकमा ६० एमविपिएस सम्मको उच्च गतिको इन्टरनेट प्याकहरू पनि उपलब्ध गराइरहेको छ ।

ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार विभिन्न इन्टरनेट र टिभी प्यकेजहरू छनौट गर्न सक्ने छन ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ११ : ५४ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा