ओली निकट युवा संघले दीपशिखालाई संयोजकबाट हटायो « Khabarhub

ओली निकट युवा संघले दीपशिखालाई संयोजकबाट हटायो


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले संयोजकबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई निष्कासन गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आइतबारबाट शुरू भएको युवा संघको केन्द्रीय समिति बैठकले दीपशिखालाई संयोजकबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

सह-संयोजक रमेश पौडेलले संयोजक सापकोटालाई निष्कासन प्रस्ताव बैठकमा राखेका थिए। बैठकले कम्युनिष्ट आन्दोलन र समृद्ध नेपाल, सुखी नेपाली अभियानविरुद्ध गतिविधि गरेको भन्दै दीपशिखालाई संयोजकबाट निष्काशन गर्ने निर्णय गरेको हो।

युवा संघ इन्चार्ज महेश बस्नेतको उपस्थितिमा भएको बैठकले सापकोटालाई निष्कासन गरेपछि रमेश पौडेलको अध्यक्षतामा बैठक शुरु भएको हो । आइतबारबाट सुरु बैठकले नयाँ नेतृत्व चयन गर्ने छ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : १२ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण