ओलीको ‘पतन निश्चित’ छ, बादल फर्किन्छन् : अध्यक्ष दाहाल « Khabarhub

ओलीको ‘पतन निश्चित’ छ, बादल फर्किन्छन् : अध्यक्ष दाहाल


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘पापी मान्छे’को संज्ञा दिएका छन् ।

आइतबार योहो टेलिभिजनमा जीवराम भण्डारीसँग ‘सत्य संवाद’मा कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन ।

उनले आफूहरूले प्रधानमन्त्री ओलीलाई बेलैमा सुधार्न नसकेको समेत टिप्पणी गरे । प्रधानमन्त्री ओलीले आफूहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए।

उनले गृहमन्त्री रामबहादुर थापा बादल केही समयपछि आफ्नो समूहमा फर्किने आशा व्यक्त गरे ।

यस्तै पछिल्लो राजनीतिक घटनाक्रमको आफूले नैतिक जिम्मेवारी लिने उनले बताए । उनले आफूहरूबाट पनि केही कमि कमजोरी भएको स्वीकारे ।

लोकतन्त्र र शान्तिका निम्ति कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य रहने तर्क गर्दै उनले आफू प्रधानमन्त्री नबन्ने दाबी गरे । उनले भने, ‘लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेस सभापति देउवालाई नेतृत्व लिनुस् भनिसकेका छौँ ।’

पछिल्ला क्रियाकलापले ओलीको चाँडै पतन ‘निश्चित’ भएको उनले बताए ।

हेरौँ भिडियो

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १० : ३९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार

आज २०८२ साल मंसिर १८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै