सशस्त्र प्रहरीको अस्पताल पुगेर गृहमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

सशस्त्र प्रहरीको अस्पताल पुगेर गृहमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा (बादल)ले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाएका छन् ।

गृहमन्त्री थापाले आज बिहान कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका हुन् ।

मन्त्री थापाले काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

संघीय संसदको प्रतिनिधि सभा बैठक अगाडि सभामुखसहित सबै सांसद र मन्त्रीहरुलाई खोप लगाउन शुरू गरिएको थियो ।

सभामुखसहित दलका शीर्ष नेताहरुले बुधबार नै नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ११ : ०९ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ