त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

दोस्रो चरणको खोप अभियान शुरू


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाएका छन् ।

प्रधानमन्त्री ओली खोप लगाउन महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए । साथमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छन् ।

प्रधानमन्त्री ओलीले आज कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका हुन् ।

खोप लगाएर केहीबेर आराम गरी बाहिर निस्किएका प्रधानमन्त्री ओलीले कोरोना भाइरस पराजित गर्नका लागि खोप लगाउने अभियानमा सामेल हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीसँगै शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि खोप लगाएका थिए ।

आजै गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन् ।

संघीय संसदको प्रतिनिधि सभा बैठक अगाडि नै बुधबारदेखि नै सभामुख, राष्ट्रिय सभा अध्यक्षसहित सरकारका मन्त्री तथा सांसदहरुलाई खोप लगाएका छन् ।

आजैदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पनि खोप लगाउन शुरू गरिएको छ । हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्ष माथिका नागरिकलाई पनि खोप प्रदान गरिने छ ।

दोस्रो चरणको खोप अभियान देशभरका ६ हजार खोप केन्द्रबाट सञ्चालन गरिने छ ।

भारत सरकारको अनुदानमा कोरोनाविरुद्धको खोप (कोभिसिल्ड) प्राप्त भएपछि गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो ।

पहिलो चरणमा ४ लाख २९ हजारलाई खोप प्रदान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ११ : ४४ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)