शेखर भन्छन्, ‘अर्जुन रेड्डीको लागि फिट छु’ « Khabarhub

शेखर भन्छन्, ‘अर्जुन रेड्डीको लागि फिट छु’


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही साता अघि मात्र दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’ को नेपाल रिमेकका लागि अडिसन शुरु हुने खबर सार्वजनिक भएसँगै केही कलाकारहरुले आफ्नो लुक्स फिल्मको लागि उपयुक्र्त भएको भन्दै तस्वीर राखे । अभिनेता आर्यन सिग्देलदेखि सम्पादक साहिल खानसम्मले तस्वीर सामाजिक सञ्जालमा राखे ।

झण्डै आधा दर्जन फिल्ममा अभिनय गरिसकेका अभिनेता शेखर सुवेदी यो फिल्मका लागि अडिसन दिने तयारीमा छन् ।

‘अर्जुन रेड्डीको अडिसनका लागि कलाकारलाई तोकिएको उमेरलगायतको मापदण्ड अनुसार म फिट छु । फिल्मको जस्तै मेरो लुक्स, उमेर र अभिनय पनि मिल्छ’, उनको दाबी छ ।

अभिनयमा डिप्लोमा कोर्ष गरेका शेखरले ‘गाजाबाजा’, ‘निर्भय’, ‘चीँ मुसी चीँ’लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । उनले झण्डै एक दर्जनको हाराहारीमा म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् ।

आशिष श्रेष्ठ र केशव खड्काले निर्माण गर्ने ‘अर्जुन रेड्डी’को नेपाली रिमेकमा विशाल सापकोटाको निर्देशन हुनेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ३ : २० बजे

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी– मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

वेन्चाङ– चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट