शेखर भन्छन्, ‘अर्जुन रेड्डीको लागि फिट छु’ « Khabarhub

शेखर भन्छन्, ‘अर्जुन रेड्डीको लागि फिट छु’


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही साता अघि मात्र दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’ को नेपाल रिमेकका लागि अडिसन शुरु हुने खबर सार्वजनिक भएसँगै केही कलाकारहरुले आफ्नो लुक्स फिल्मको लागि उपयुक्र्त भएको भन्दै तस्वीर राखे । अभिनेता आर्यन सिग्देलदेखि सम्पादक साहिल खानसम्मले तस्वीर सामाजिक सञ्जालमा राखे ।

झण्डै आधा दर्जन फिल्ममा अभिनय गरिसकेका अभिनेता शेखर सुवेदी यो फिल्मका लागि अडिसन दिने तयारीमा छन् ।

‘अर्जुन रेड्डीको अडिसनका लागि कलाकारलाई तोकिएको उमेरलगायतको मापदण्ड अनुसार म फिट छु । फिल्मको जस्तै मेरो लुक्स, उमेर र अभिनय पनि मिल्छ’, उनको दाबी छ ।

अभिनयमा डिप्लोमा कोर्ष गरेका शेखरले ‘गाजाबाजा’, ‘निर्भय’, ‘चीँ मुसी चीँ’लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । उनले झण्डै एक दर्जनको हाराहारीमा म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् ।

आशिष श्रेष्ठ र केशव खड्काले निर्माण गर्ने ‘अर्जुन रेड्डी’को नेपाली रिमेकमा विशाल सापकोटाको निर्देशन हुनेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ३ : २० बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर