संसद सचिवालयमा दर्ता भएन ओलीलाई संसदीय दलको नेताबाट हटाएको पत्र « Khabarhub

संसद सचिवालयमा दर्ता भएन ओलीलाई संसदीय दलको नेताबाट हटाएको पत्र



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको पत्र दर्ता गर्न संघीय संसद सचिवालयले अस्वीकार गरेको छ ।

नेकपाको दाहाल नेपाल समुहको संसदीय दलले गरेका निर्णयबारे अध्यक्ष माधवकुमार नेपाल र प्रचण्डसमेतका नेताहरुले ओलीलाई दलको नेताबाट हटाएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयमा दर्ता गर्न महासचिव भरतराज गौतमलाई बुझाए पनि दर्ता गर्न अस्वीकार गरेको हो ।

कानूनअनुसार छलफल गरेर मात्रै निर्णय गर्ने भन्दै महासचिव गौतमले पत्र दर्ता नगरेको सांसद विरोध खतिवडाले जानकारी दिए ।

उनले भने,‘केपी ओलीलाई दलको नेताबाट हटाएको जानकारीसहितको पत्र दर्ताका लागि हामी सचिवालयमै छौं । तर महासचिव आवश्यक कानूनी परामर्शपछि मात्रै जवाफ दिने भन्नुभएको छ ।’

सांसद खतिवडाका अनुसार ओलीलाई दलको तेताबाट कारबाही गरेको जानकारीसहतको पत्रल लिएर सिंहदरबारस्थित महासचिव डाक्टर भरतराज गौतमको कार्यकक्षमा दाहाल नेपाल समुहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार सहितका नेताहरु पुगेका छन् ।

टोलीमा वरिष्ठ नेता झलनाथ खनाल, मुख्य सचेतक देव गुरुङ लगाएतका नेताहरु समेत सहभागी भएको सांसद खतिवडाले बताए । प्रचण्ड नेपाल समुहको नेकपा संसदीय दलले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय समेत गरेको थियो ।

यसअघि नेकपाको दाहाल नेपाल समुहको संसदीय दलले दलको नेतामा प्रचण्डलाई बनाउने निर्णय गरेको थियो । त्यसबाहेक प्रधानमन्त्रीले नियुक्त गरेका मुख्य सचेतक विशाल भट्टराईलाई समेत नचिन्ने जानकारी गराएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  २ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै