दाहाल-नेपाल समूहले संसदीय दलको नेता चयन गरेको पत्र संसद् सचिवालयमा दर्ता « Khabarhub

दाहाल-नेपाल समूहले संसदीय दलको नेता चयन गरेको पत्र संसद् सचिवालयमा दर्ता


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता भएको छ ।

आफूहरुको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट कारबाही गरेको र पुष्पकमल दाहाल प्रचण्डलाई नेता चयन गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको छ।

नेकपाको दाहाल नेपाल समूहका सांसदहरुले संसदका महासचिव भरतराज गौतमको कार्यकक्षमा पुगेर पत्र दर्ता गराएका हुन्।

लामो समयको विवादपछि दाहाल नेपाल समूहको जानकारी पत्र संसद सचिवालयमा दर्ता भएको हो।

यसअघि महासचिवले कानुनी सल्लाह लिएर अगाडि बढ्ने अडान लिएका थिए। तर दाहाल-नेपाल समूहका सांसदहरुले पत्र दर्ता गर्नुपर्ने वा दर्ता नगर्नुको कारण दिनुपर्ने बताएका थिए।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ३ : ४२ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको