संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले भने : फैसला स्वागतयोग्य (भिडियोसहित) « Khabarhub

संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले भने : फैसला स्वागतयोग्य (भिडियोसहित)


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नामसम्बन्धी रिटमा सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद भवन, वानेश्वर पुगेका प्रधानमन्त्री ओलीले भवनबाट बाहिर निस्किँदै सञ्चारर्मीहरूको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै फैसला स्वागतयोग्य रहेको बताए । उनले अबको कदमबारे फैसलाको पूर्णपाठ हेरेर निर्णय गर्ने बताए ।

प्रधानमन्त्री ओली प्रतिनिधिसभा बैठक शुरू नहुँदै किन बाहिरए भन्ने प्रष्ट भएको छैन । उनी गम्भीर मुद्रामा देखिन्थे । चार बजे शुरू हुने भनिएको बैठक पौने पाँच बजेसम्म पनि शुरू भएको छैन ।

अदालतको फैसलाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) एककीकरण अघिको अवस्थामा पुगेको छ । सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राजनीतिक दलसम्बन्धी ऐन विपरीत तथा नियम विपरीत दर्ता भएको ठहर गरेपछि यस्तो अवस्था उत्पन्न भएको हो ।

हेरौँ भिडियो

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) साविककै अवस्थामा रहेको ठहर गरेको छ । अदालतले एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय ऐन विपरीत ठहर गर्दै खारेज गरिदिएको छ ।

अदालतको फैसलापछि वर्तमान सरकार एमाले र माओवादी केन्द्रको संयुक्त सरकारको हैसियतमा पुगेको छ । ओली संविधानको धारा ७६(२) अनुसार संयुक्त सरकारको प्रधानमन्त्रीकै रूपमा नियुक्त भएका थिए ।

अब एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन र नियम विपरीत नहुने गरी गर्न पनि अदालतले आदेश जारी गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एकीकरण भएका थिएनन् । यी पार्टी चुनावी गठबन्धन गरेर आआफ्नै चिह्नमा चुनाव लडेका थिए । निर्वाचन भएको ६ महिनापछि एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाम राखेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ४ : ५१ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको