मिथुनको उतारचढावपूर्ण अभिनय र राजनीतिक करियर « Khabarhub

मिथुनको उतारचढावपूर्ण अभिनय र राजनीतिक करियर


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड र बंगाली फिल्मका दिग्गज अभिनेता मिथुन चक्रवर्तीले पश्चिम बंगालमा चुनावी सरगर्मीका बीच भारतीय जनता पार्टी प्रवेश गरेका छन् ।

कोलकाताको बिग्रेड मैदानमा प्रधानमन्त्री नरेन्द्र मोदीको विशाल र्याली अघि मिथुनले बीजेपीको सदस्यता लिए । उनले बंगाल चुनावमा पार्टीका लागि समर्थन जुटाउने प्रतिबद्धता व्यक्त गरे ।

लामो समयदेखि बंगालमा एक राम्रो अनुहारको खोजी भइरहँदा मिथुनको आगमनले बीजेपीका नेता खुशी छन् ।

आजतकमा प्रकाशित समाचार अनुसार मिथुनको फिल्मी र राजनीतिक करियर निकै उतारचढावपूर्ण छ । दुवै क्षेत्रमा उनले निकै संघर्ष गरेका छन् ।

उनले अभिनयमा सफलता पाएपनि राजनीतिलाई चाहिँ बिचैमा छोड्नुपर्यो । मिथुनले सन् १९७६ मा रिलिज फिल्म ‘मृगया’बाट डेब्यू गरेका थिए । यो फिल्मका लागि उनले ‘बेस्ट एक्टर’को राष्ट्रिय अवार्ड जितेका थिए ।

तर मिथुनका लागि संघर्ष नै वास्तविक पहिचान बन्यो । पहिलो फिल्म सुपरहिट भए पनि यी अभिनेताले निकै संघर्ष गर्नुपर्यो । उनी तीन वर्षसम्म राम्रो भूमिकाको खोजीमा थिए ।

त्यो समयमा अमिताभ बच्चन, राजेश खन्ना र जितेन्द्र जस्ता कलाकार हिट थिए । त्यसबेलाका फिल्ममा यी कलाकार अनिवार्यजस्तै थिए ।

तर सन् १९७९ मा मिथुनको करियरमा पुनः पासा पल्टियो र उनले फिल्म ‘सुरक्षा’मा अभिनयको मौका पाए । फिल्ममा उनले रञ्जीतासँग रोमान्स गरेका थिए ।

वास्तविकतामा मिथुनको पीडा ठूलो थियो । उनलाई अनुहारको रंगकै कारण कतिपय फिल्ममा लिइएको थिएन । यही समयमा उनी एउटा यस्तो फिल्मको खोजीमा थिए, जहाँ दर्शकको नजर उनको नृत्य र खुट्टामा परोस् ।

सन् १९८२ को समयमा उनले धेरै फिल्ममा अभिनय गरे । यही बेला उनले डिस्को डान्सरको पहिचान बनाए ।

अभिनयमा पहिचान बनाइरहँदा सन् २०११ मा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले चुनाव जितेपछि मिथुनलाई आफ्नो पार्टीमा आउन निम्तो दिइन् ।

मूलधारको फिल्ममा अभिनय कम गरिरहँदा मिथुनलाई आएको प्रस्तावलाई स्वीकार्दै उनी टीएमसीमा गए । यही समयमा उनले राज्य सभामा सांसदका रुपमा जाने निर्णय नै लिए ।

टीएमसीबाट उनले राजनीतिक यात्रा सुरु गरे पनि उनको राजनीति केवल सीमित मात्र रह्यो । टीएमसीले पनि उनीप्रति धेरै चासो देखाएन र मिथुन पनि यसमा दिलचस्पी भएनन् ।

यसपछि जब शारदा चिटफण्ड घोटालामा उनको नाम जोडियो, त्यो समयमा उनले राजनीतिबाट सन्यास लिने अनुमान धेरैले लगाएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : ३० बजे

झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी

विश्वकपमा तन्त्रमन्त्रको घमासान : पेरुका झाँक्रीले फुकाए घानाका झाँक्रीको ‘श्राप’

काठमाडौं- अमेरिका, क्यानडा र मेक्सिकोमा जारी सन् २०२६ को फिफा

नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान

विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत लगियो

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका