पेस्तोलसहित युवा पक्राउ « Khabarhub

पेस्तोलसहित युवा पक्राउ


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले पेस्तोलसहित एक युवालाई पक्राउ गरेको छ ।

जिप्रका सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको सादा पोशाकका प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत बस्ने ३० वर्षीय साजितअलि इन्द्रिसीलाई पक्राउ गरेको हो ।

इन्द्रिसीले सुर्खेतका विभिन्न स्थानमा हतियार देखाई डर त्रास, धम्की दिने गरेको विशेष सूचनाको आधारमा घटनास्थलमा पुगेको प्रहरीले उनलाई शनिबार बेलुका सोही वडास्थित राधाकृष्ण मन्दिर नजिक उनकै आजात रोयल सर्भिस सेन्टरको पछाडि रहेको राधाकृष्ण सर्वेश्वर मन्दिर जाने भर्‍याङमुनि मोटर पार्टस्भित्र लुकाइछिपाइ राखेको पेस्तोल बरामद गरी पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार बरामद पेस्तोलसँगै टार्गेट शुट लेखिएको सानो प्याकेटभित्र ७० थान कार्टिज फेला पारेको छ । निजलाई हातहतियार तथा खरखजानासम्बन्धी कसूर मुद्दा लगाई जिल्ला अदालतबाट तीन दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १० : २० बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले