कोरोना कहर : विदेशी नागरिकलाई ओमान प्रवेशमा प्रतिबन्ध « Khabarhub

कोरोना कहर : विदेशी नागरिकलाई ओमान प्रवेशमा प्रतिबन्ध

नेपाली पनि प्रभावित हुने



दोहा– कोरोना संक्रमण बढेसँगै ओमान सरकारले विदेशी नागरिकहरुलाई मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

ओमानको कोरोना (कोभिड–१९) भाइरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी समितिको बैठकले विदेशी नागरिकलाई मुलुक प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार समितिले बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय भएको जनाएको छ । ओमानको यो निर्णयले नेपाली नागरिक पनि प्रभावित हुनेछन् ।

ओमानी नागरिक तथा ओमानको आवासीय कार्ड वाहकहरूलाई भने प्रवेश खुला राखिएको त्यहाँको उच्च स्तरीय समितिलाई उदृत गर्दै दूतावासले जनाएको छ ।

यस्तै बिहीबारदेखि लागूहुने गरी व्यापारिक गतिविधिहरू साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द राख्ने यस अघिको निर्णय यथावत राख्दै उक्त समयमा मानिस तथा सवारी साधनहरूको आवतजावतमा लगाएको प्रतिबन्ध ८ अप्रिलदेखि लागू हुने गरी खारेज गरेको जनाएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवधिभर लागू हुने गरी साँझ ९ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण व्यापारिक गतिविधि तथा सवारी साधन र मानिसहरूको आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय गरेको समेत दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

मस्जिदलगायतका अन्य सार्वजनिक स्थलहरूमा जम्मा हुन तथा भेला हुन प्रतिबन्ध, रमादानको अवधिभर सामाजिक तथा साँस्कृतिक कार्यक्रम, खेलकुदलगायत सम्पूर्ण सामूहिक गतिविधिहरू गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हुँदा ओमान सरकारले जारी गरेको सम्पूर्ण नियम पालना गर्न त्यहाँस्थित नेपाली समुदायलाई दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ८ : ०३ बजे

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा