कोरोना कहर : विदेशी नागरिकलाई ओमान प्रवेशमा प्रतिबन्ध « Khabarhub

कोरोना कहर : विदेशी नागरिकलाई ओमान प्रवेशमा प्रतिबन्ध

नेपाली पनि प्रभावित हुने



दोहा– कोरोना संक्रमण बढेसँगै ओमान सरकारले विदेशी नागरिकहरुलाई मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

ओमानको कोरोना (कोभिड–१९) भाइरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी समितिको बैठकले विदेशी नागरिकलाई मुलुक प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार समितिले बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय भएको जनाएको छ । ओमानको यो निर्णयले नेपाली नागरिक पनि प्रभावित हुनेछन् ।

ओमानी नागरिक तथा ओमानको आवासीय कार्ड वाहकहरूलाई भने प्रवेश खुला राखिएको त्यहाँको उच्च स्तरीय समितिलाई उदृत गर्दै दूतावासले जनाएको छ ।

यस्तै बिहीबारदेखि लागूहुने गरी व्यापारिक गतिविधिहरू साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द राख्ने यस अघिको निर्णय यथावत राख्दै उक्त समयमा मानिस तथा सवारी साधनहरूको आवतजावतमा लगाएको प्रतिबन्ध ८ अप्रिलदेखि लागू हुने गरी खारेज गरेको जनाएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवधिभर लागू हुने गरी साँझ ९ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण व्यापारिक गतिविधि तथा सवारी साधन र मानिसहरूको आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय गरेको समेत दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

मस्जिदलगायतका अन्य सार्वजनिक स्थलहरूमा जम्मा हुन तथा भेला हुन प्रतिबन्ध, रमादानको अवधिभर सामाजिक तथा साँस्कृतिक कार्यक्रम, खेलकुदलगायत सम्पूर्ण सामूहिक गतिविधिहरू गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हुँदा ओमान सरकारले जारी गरेको सम्पूर्ण नियम पालना गर्न त्यहाँस्थित नेपाली समुदायलाई दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ८ : ०३ बजे

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको