आजको मौसम : यी हुन् आज वर्षाको पूर्वानुमान गरिएका स्थान « Khabarhub

आजको मौसम : यी हुन् आज वर्षाको पूर्वानुमान गरिएका स्थान


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभाव रहँदा आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।

हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशलगायत अन्य केही पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ भने धेरै भू-भागहरुमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्न सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

चैत्र २५ गते (बुधबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली  रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै  स्थानहरुमा र बाँकी भू-भागका एक वा दुइ स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राति :  प्रदेश नं १ र सुदूरपश्चिम प्रदेश साथै अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

चैत्र २६ गते (बिहीबार)

दिउँसो:   देशका पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली  रहने छ। पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र २७ गते (शुक्रबार)

दिउँसो:  देशका पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली  रहने छ । पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १० : ४५ बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी