गोरखा सांस्कृतिक समाजमा सुमन « Khabarhub

गोरखा सांस्कृतिक समाजमा सुमन


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखा सांस्कृतिक समाजको तेस्रो अधिवेशनबाट गीतकार सुमन पण्डितको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष गीतकार चुडामणि देवकोटाको प्रमुख आतिथ्यतामा भएको तेस्रो साधारणसभाले गीतकार पण्डितलाई सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

समाजका अध्यक्ष वीरबल ढकालको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष दीपसागर थापा, कवि, कथाकार तथा गीतकार डा.राजुबाबु श्रेष्ठ, गोरखा समाज सेवा केन्द्रका अध्यक्ष महेश गुरुङ, समाजका निवर्तमान अध्यक्षहरु हिराकाजी श्रेष्ठ, भास्कर श्रेष्ठ, कोषाध्यक्ष विष्णु पोखरेल, संस्थाका सल्लाहकारहरु गायिका हरिमाया गुरुङ, निर्देशक प्रकाश भट्ट, गायक दिपक अर्याल, व्यवसायी प्रेम श्रेष्ठ, पत्रकार भीम श्रेष्ठ, संचारकर्मी नरहरि न्यौपाने, गीतकार चिरञ्जीवी भट्ट, गोरखा पत्रकार समाजका अध्यक्ष प्रदीपराज वन्त, शिक्षासेवी विकास थापा, गायिका सरिता अधिकारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुनिल लामिछाने, महिला उपाध्यक्षमा रञ्जिता गुरुङ, प्रथम उपाध्यक्षमा दिनेश थापा, द्वितीय उपाध्यक्षमा गणेश गुरुङ चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा प्रेम अर्याल, लबकुमार भट्ट र सागर गुरुङ चयन भएका छन् ।

त्यसैगरी महासचिवमा रविन लामिछाने, उप–महासचिवमा रञ्जित परियार, सचिवमा प्रकाश कोके गुरुङ, महिला सचिवमा मिरा गोर्खाली चयन भएका छन् भने कोषाध्यक्षमा सुनिला गुरुङ र सह–कोषाध्यक्षमा बबिता बानियाँ जेरी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा बेलीमाया पुलामी, हरिराम परियार, सुजन परियार, सुवास थापा, चिजा तामाङ, सुमित्रा तामाङ, सन्तोष दवाडी, किशोर थापा, मेलिना ठकुरी, सुशिला थापा, दिप कोके गुरुङ, राजु गुरुङ, आइतराम गुरुङ, टेकबहादुर गुरुङ, सविन कोके गुरुङ, बीरबल घले, मुकेश पुलामी, सचिन भट्टराई चयन भएका छन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष दीपसागर थापालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १ : ०५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल