सामाजिक सञ्‍जाल चलाउँदा सचेत हुन आग्रह « Khabarhub

सामाजिक सञ्‍जाल चलाउँदा सचेत हुन आग्रह


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउदी अरबस्थित नेपाली दूतावासले सामाजिक सञ्‍जाल चलाउँदा निकै सचेत हुन नेपाली समुदायलाई आग्रह गरेको छ ।

दूतावासले सूचना जारी गर्दै साउदी सरकारका साइबर अपराधसम्बन्धी नियमको सबैले पालना गर्नुपर्ने उल्लेख गरेको छ ।

राजदूत महेन्द्र पी. सिंहले वैदेशिक रोजगारी वा अन्य विविध कामका लागि साउदी आइपुगेका नेपालीले साउदीका अन्य कानुन जस्तै साइबर कानुनलाई पनि उल्लंघन गर्न नहुने उल्लेख गरेका छन् ।

साउदीमा साइबार अपराध बढेपछि सावधानी अपनाउन नजान्दा नेपालीहरू साइबर मुद्दामा परेकाले सचेत रहन राजदूतले सामाजिक सञ्‍जालमार्फत् आग्रह गरेका हुन ।

राजदूत सिंहका अनुसार आफ्ना मोबाइल फोन, म्यासेन्जर, ह्वाट्सएप र भाइबरलगायतबाट अपरिचित व्यक्तिसँग अनावश्यक कुराकानी वा अन्य माध्यमबाट साउदी कानुनको बर्खिलाप हुनेगरी कुनै कुरा अपलोड, शेयर, लाइक, कमेन्ट गरेमा साइबर अपराधअन्तर्गत मुद्दा लाग्‍न सक्छ ।

साउदीमा साइबर अपराधअन्तर्गत ५ वर्षको जेल वा ३० लाख रियाल जरिवाना अथवा दुवै कारबाही हुनसक्ने दूतावासले जनाएक छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १ : २५ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित