‘ह्यारी पोर्टर’ अभिनेता पलको निधन « Khabarhub

‘ह्यारी पोर्टर’ अभिनेता पलको निधन


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– सन् २००९ मा रिलिज फिल्म ‘ह्यारी पोर्टर’ र ‘द हाफ ब्लड प्रिन्स’का ब्रिटिस अभिनेता पल रिटरको निधन भएको छ । उनी पछिल्लो समयमा ब्रेन ट्युमरको बिरामी थिए ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार उनी ५४ वर्षका थिए । उनको प्रतिनिधिले निधनको पुष्टि गरेका छन् ।

फिल्म ‘ह्यारी पोर्टर’मा विजर्ड एल्डरेड बोर्पलेको भूमिका निभाएका कारण पलले निकै तारिफ पाएका थिए । उनको परिवारमा पत्नी पोली र छोराहरु फ्रैंक र नोआह छन् ।

उनले सन् २००८ मा रिलिज जेम्स बोण्ड फिल्म ‘क्वेन्टम अफ सोलस’मा पनि अभिनय गरेका थिए । उनको जन्म डिसेम्बर २०, १९६६ मा ग्रेवसेण्ड केंटमा भएको थियो ।

उनको बाल्यकालको नाम साइमन पल एडम्स थियो । उनको पिता केन एडम्स कैयौं बिजुली स्टेसनमा एक टूलमेकरका रुपमा काम गर्थे ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  २ : १० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका