जो विवाहको मिति पर्खिरहेका छन् « Khabarhub

जो विवाहको मिति पर्खिरहेका छन्


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् २०२० कैयौं मामलामा चुनौतिपूर्ण रह्यो । जसमा बलिउड कलाकारहरु पनि परे । कैयौं कलाकारहरु सन् २०२० मा विवाह गरेर घरजम गर्न चाहन्थे । तर त्यसो हुन सकेन ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार कोरोना महामारीका कारण कैयौं सेलिब्रेटीहरुले आफ्नो विवाह सार्नुपर्यो । यद्यपि २०२१ मा पनि त्यही समस्या देखिँदैछ । तर यो वर्ष भने कैयौं सेलिब्रेटीहरुले आफ्नो विवाह सपनालाई पुरा गर्ने तयारी गरिरहेका छन् ।

बलिउडका प्रेम जोडी अभिनेता रणवीर कपूर र आलिया भट्टको नयाँ वर्ष सुरुवातमै इन्गेजमेन्ट हुने चर्चा थियो । किनकी उनीहरुको परिवार बिदा मनाउनका लागि रणथम्भौर गएका थिए । उनीहरुको त्यहाँ इन्गेजमेन्ट हुने चर्चा भए पनि त्यो हुन सकेन ।

हालैको एक अन्तरवार्तामा रणवीरले आफूहरुले सन् २०२१ मा विवाह गर्ने संकेत गरेका छन् । उनले कोरोना नआएको भए सन् २०२० मै विवाह गर्ने योजना बनाएको खुलाए ।

अभिनेता अली फजल र अभिनेत्री ऋचा चड्डाले अघिल्लो वर्षको अप्रिलमै विवाह गर्ने योजना बनाएका थिए । तर कोभिडको लकडाउनका कारण दुवैले विवाहलाई सारे । यसबाहेक अलीको आमाको पनि सन् २०२० मै निधन भयो । जसकारण उनीहरुको विवाह हुन सकेन ।

एक अन्तरवार्तामा ऋचाले कोरोनाको भ्याक्सिन नआउञ्जेलसम्म आफूहरुले विवाह नगर्ने बताएकी थिइन् । अहिले कोरोनाको भ्याक्सिन आइसकेपनि उनीहरुले कहिले विवाह गर्छन् भन्ने टुंगो लागेको छैन । तर उनीहरुको योजना भने सन् २०२१ भित्रै विवाह गर्नेछ ।

अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपूर दुई वर्षदेखि प्रेम सम्बन्धमा छन् । उनीहरुको विवाहको बारेमा कैयौं अफवाह आए पनि वास्तविक कुरा भने बाहिर आएको छैन । उनीहरु सन् २०२१ मै विवाह गर्न चाहन्छन् ।

उनीहरुले लकडाउनको समय सँगै बिताए र नयाँवर्ष मनाउन उनीहरु गोवा गएका थिए ।

अभिनेत्री सुस्मिता सेन र मोडल रोहमन सल दुई वर्षदेखि डेटमा छन् । दुवैजना लिभ इन रिलेसनमा छन् र यो वर्ष विवाहको योजना बनाइरहेका छन् । रोहमन सुस्मिता भन्दा १५ वर्ष कान्छा छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ३ : १५ बजे

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा