‘क्याप्टेन ७’मा धोनी जीवन | Khabarhub Khabarhub

‘क्याप्टेन ७’मा धोनी जीवन


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–भारतीय क्रिकेटका सफल कप्तान महेन्द्रसिंह धोनी एक जासुसी एनिमेटेड सिरिज ‘क्याप्टेन ७’ निर्माण गर्दैछन् ।

यो सिरिज पूर्ण रुपमा धोनीमाथि आधारित हुनेछ । त्यहीकारण यसको नाम ‘क्याप्टेन ७’ राखिएको छ । धोनी जहिल्यै पनि क्रिकेटमा ७ नम्बरको जर्सी लगाउथे । यो सिरिजको पहिलो सिजन प्री–प्रोडक्सन चरणमा छ ।

नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार धोनी र उनकी पत्नी साक्षी धोनीको प्रोडक्सन हाउस धोनी इन्टरटेनमैन्ट र ब्ल्याक ह्वाइट ओरेन्ज ब्रेण्डको व्यानरमा यो सिरिज निर्माण हुँदैछ ।

यो भारतको पहिलो एनिमेटेड स्पाई सिरिज हुनेछ र यसको पहिलो सिजन सन् २०२२ मा रिलिज गरिनेछ ।

‘यसको कथा र अवधारणा राम्रो छ । यसका माध्यमबाट म क्रिकेटका अलावा अन्य मेरो इच्छालाई दर्शकमाझ देखाउनेछु’ उनले भनेका छन् ।
धोनी पत्नी माहीले धोनीको सिरिजले दर्शकलाई रोमाञ्चित बनाउने बताइन् ।

धोनीको बायोपिक ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ बनिसकेको छ । यो फिल्मलाई दर्शकले निकै मनपराएका थिए । फिल्ममा सुशान्त सिंह राजपूतले धोनी र कियारा आडवाणीले साक्षीको भूमिका निभाएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ३ : ३० बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत