सरकारलाई विवेकशील साझा पार्टीको आग्रह– स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक हक सुनिश्चित गर « Khabarhub

सरकारलाई विवेकशील साझा पार्टीको आग्रह– स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक हक सुनिश्चित गर


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकासहित देशभर पछिल्लो समय वायु प्रदूषण उच्च भई अत्यन्त घातक अवस्थामा पुगेको छ। काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषणयुक्त शहरको सूचिमा पहिलो नम्बरमा पुग्दासमेत सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भीर चासो र तत्परता नदेखाएको विवेकशील साझा पार्टीले आरोप लगाएको छ ।

नेपालको संविधानले हरेक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरे पनि सरकारले ध्यान नपुर्‍याएको विवेकशील साझाले जनाएको छ ।

पार्टीले आज एक विज्ञप्ति जारी गर्दै वर्षा र पश्चिमी वायुको गति हाम्रो अधीनमा नरहे पनि हालको प्रदूषणका प्रमुख कारक देशका अधिकांश स्थानमा लागेको डढेलो तथा धुवाँ-धुलो न्यूनीकरणमा तत्काल परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएको छ ।

संघ, प्रदेश र स्थानीय सरकारबिच समन्वय गरी सामुदायिक समूहहरूको समेत साथ लिएर सेना र प्रहरीलाई आवश्यक उपकरणसहित डढेलो नियन्त्रणमा अविलम्ब खटाउन विवेकशील साझा पार्टी आग्रह गरेको छ ।

डढेलो नियन्त्रणका लागि अन्य मुलुकले उपयोग गरिआएको हेलिकप्टरबाट रसायन छर्किनेसहितका प्रविधिको उपयोगबारे पनि तत्काल तयारी अघि बढाउन पनि आह्वान गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ३ : २९ बजे

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन