विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द « Khabarhub

विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि भोजपुरको जौनागी आधारभूत विद्यालय पाँच दिनलाई बन्द गरिएको छ।

विद्यार्थी र शिक्षकमा ज्वरो र ठेउला देखिन थालेपछि एक सामुदायिक विद्यालय बन्द गरिएको हो। टेम्केमैयुङ गाउँपालिका ६, कोट खाल्लेस्थित स्थानीय जौनागी आधारभूत विद्यालयमा केही सातादेखि विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि विद्यालयको दैनिक पठनपाठन बन्द गरिएको हो ।

विद्यार्थी र शिक्षकमा कडा ज्वरो आउने र ठेउला देखिएपछि स्वास्थ्य जोखिमलाई हेरेर ५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक प्रतिभा राईले जानकारी दिइन् । संक्रमणबाट जोगिन विद्यालय बन्द गरिएको हो।

ज्वरो र ठेउलाले विद्यालयका दर्जन बढी विद्यार्थी र दुई शिक्षक ग्रस्त भएको विद्यालयका सूचना अधिकारी सञ्जु कटुवालले बताइन् । करिब डेढ सय हाराहारीमा विद्यार्थी रहेको उक्त विद्यालयमा अन्य विद्यार्थी र शिक्षकमा संक्रमणको जोखिम हुन नदिन विद्यालय बन्द गर्न बाध्य भएको उनले सुनाइन् ।

मौसम फेरबदल, दूषित हावापानी र सरसफाइमा ध्यान नदिँदा उक्त ज्वरो र ठेउलाको संक्रमण देखिएको स्वास्थ्य चौकी कोटका प्रमुख गणेश राईले बताए । सरुवा संक्रमण भएकाले संक्रमण फैलन नदिन पठनपाठन बन्द गर्ने निर्णय गरिएको उनले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ५ : ०१ बजे

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका