विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द « Khabarhub

विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि भोजपुरको जौनागी आधारभूत विद्यालय पाँच दिनलाई बन्द गरिएको छ।

विद्यार्थी र शिक्षकमा ज्वरो र ठेउला देखिन थालेपछि एक सामुदायिक विद्यालय बन्द गरिएको हो। टेम्केमैयुङ गाउँपालिका ६, कोट खाल्लेस्थित स्थानीय जौनागी आधारभूत विद्यालयमा केही सातादेखि विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि विद्यालयको दैनिक पठनपाठन बन्द गरिएको हो ।

विद्यार्थी र शिक्षकमा कडा ज्वरो आउने र ठेउला देखिएपछि स्वास्थ्य जोखिमलाई हेरेर ५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक प्रतिभा राईले जानकारी दिइन् । संक्रमणबाट जोगिन विद्यालय बन्द गरिएको हो।

ज्वरो र ठेउलाले विद्यालयका दर्जन बढी विद्यार्थी र दुई शिक्षक ग्रस्त भएको विद्यालयका सूचना अधिकारी सञ्जु कटुवालले बताइन् । करिब डेढ सय हाराहारीमा विद्यार्थी रहेको उक्त विद्यालयमा अन्य विद्यार्थी र शिक्षकमा संक्रमणको जोखिम हुन नदिन विद्यालय बन्द गर्न बाध्य भएको उनले सुनाइन् ।

मौसम फेरबदल, दूषित हावापानी र सरसफाइमा ध्यान नदिँदा उक्त ज्वरो र ठेउलाको संक्रमण देखिएको स्वास्थ्य चौकी कोटका प्रमुख गणेश राईले बताए । सरुवा संक्रमण भएकाले संक्रमण फैलन नदिन पठनपाठन बन्द गर्ने निर्णय गरिएको उनले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ५ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै