जोशीको निधनमा कांग्रेसद्वारा ७७ वटै जिल्लामा श्रद्धाञ्जलि सभा « Khabarhub

जोशीको निधनमा कांग्रेसद्वारा ७७ वटै जिल्लामा श्रद्धाञ्जलि सभा


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका शीर्ष नेताहरुले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन् ।

नविन्द्रराज जोशीको १३ औं दिनको पुण्य तिथिमा कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति क्षेत्र नम्बर ८ ले गरेको श्रद्धाञ्जली सभामा उनीहरुले नेपाली राजनीतिमा जोशीको योगदान इतिहासले सदैव सम्झने समते बताए ।

कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय जोशी भविष्यमा पार्टी हाँक्नसक्ने नेता भएको बताए । जनताको पक्षमा काम गरेर जोशीले आफ्नो र पार्टीको नाम उच्च राखेको उहाले बताए ।

त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र काँग्रेसभित्र खड्किने बताए ।

त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले स्वर्गीय जोशीले नेविसंघको मुभमेन्टदेखि अहिलेसम्म खेलेको भूमिकालाई कसैले भूल्न नसक्ने बताए ।

जोशीको निधनमा बुधबार देशभरका ७७ वटै जिल्लामा श्रद्धाञ्जलि सभा गरिएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ४ : ३८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया