बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश « Khabarhub

बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले भक्तपुरमा मनाइने बिस्केट जात्रा (बिस्काः जात्रा) नरोक्न अन्तरिम आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको भन्दै जात्रा रोक्ने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको थियो ।

अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश दिएको हो ।

बुधबार नै भक्तपुर नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै जात्रा मनाउने निर्णय गरेको छ ।

यसअघि सांसद प्रेम सुवाल र नगरपालिका जनप्रतिनिधि लगायतको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर जात्रा रोक्ने निर्णय सच्याउन आग्रह गरेको थियो ।

बैठकले भैरवनाथको रथ तान्ने, लिङ्गो उभ्याउने र ढाल्ने जात्रा कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड अपनाइ सभ्य र शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोमबार जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले जात्रा रोक्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ६ : २८ बजे

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौँ– सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ । श्रावण

पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी (तस्बिरहरू)

काठमाडौँ– पौडी खेल्न पानी चाहिन्छ, तर पारा पौडी खेलाडीका लागि