आर्थिक वृद्धिदरमा भारतले चीनलाई उछिन्ने आईएमएफको प्रक्षेपण « Khabarhub

आर्थिक वृद्धिदरमा भारतले चीनलाई उछिन्ने आईएमएफको प्रक्षेपण


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक वृद्धिदरमा भारतले चीनलाई पछि पार्ने प्रक्षेपण गरेको हो।

आईएमएफले सन् २०२१ जनवरीदेखि अर्को वर्षको सोही महिनासम्म भारतको आर्थिक वृद्धिदर ७ दशमलव ५ प्रतिशतका वृद्धि देखिने प्रक्षेपण गरेको थियो। तर, पछिल्लो प्रक्षेपणमा भने आईएमएफले भारतीय वृद्धिदरको आकार आश्चर्यजनक देखाएको छ। सन् २०२१–२२ मा त्यहाँको आर्थिक वृद्धिदर १२ दशमलव ५ प्रतिशत हुने उल्लेख गरेको छ।

आईएमएफले गत जनवरीमा गरेभन्दा पछिल्लो प्रक्षेपणले भारतको आर्थिक वृद्धिदर निकै धेरै हुनेमात्र देखाएको छैन, चीनलाई समेत उछिन्ने अंक प्रस्तुत गरेको बीबीसी हिन्दीमा उल्लेख छ। सन् २०२१–२२ मा आईएमएफले चीनको अनुमानित आर्थिक वृद्धिदर ८ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

सन् २०२१ र २०२२ मा विश्व अर्थतन्त्रमा निकै राम्रो सुधार हुने तथा वृद्धिदर पनि पहिलेभन्दा बढ्ने आईएमएफका मुख्य अर्थशास्त्री गीता गोपीनाथले दाबी गरेकी छिन्‌।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ६ : ५८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको