आर्थिक वृद्धिदरमा भारतले चीनलाई उछिन्ने आईएमएफको प्रक्षेपण « Khabarhub

आर्थिक वृद्धिदरमा भारतले चीनलाई उछिन्ने आईएमएफको प्रक्षेपण


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक वृद्धिदरमा भारतले चीनलाई पछि पार्ने प्रक्षेपण गरेको हो।

आईएमएफले सन् २०२१ जनवरीदेखि अर्को वर्षको सोही महिनासम्म भारतको आर्थिक वृद्धिदर ७ दशमलव ५ प्रतिशतका वृद्धि देखिने प्रक्षेपण गरेको थियो। तर, पछिल्लो प्रक्षेपणमा भने आईएमएफले भारतीय वृद्धिदरको आकार आश्चर्यजनक देखाएको छ। सन् २०२१–२२ मा त्यहाँको आर्थिक वृद्धिदर १२ दशमलव ५ प्रतिशत हुने उल्लेख गरेको छ।

आईएमएफले गत जनवरीमा गरेभन्दा पछिल्लो प्रक्षेपणले भारतको आर्थिक वृद्धिदर निकै धेरै हुनेमात्र देखाएको छैन, चीनलाई समेत उछिन्ने अंक प्रस्तुत गरेको बीबीसी हिन्दीमा उल्लेख छ। सन् २०२१–२२ मा आईएमएफले चीनको अनुमानित आर्थिक वृद्धिदर ८ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

सन् २०२१ र २०२२ मा विश्व अर्थतन्त्रमा निकै राम्रो सुधार हुने तथा वृद्धिदर पनि पहिलेभन्दा बढ्ने आईएमएफका मुख्य अर्थशास्त्री गीता गोपीनाथले दाबी गरेकी छिन्‌।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ६ : ५८ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग