श्रीलंका पुलिसविरुद्ध त्रिभुवन आर्मीको शानदार जित « Khabarhub

श्रीलंका पुलिसविरुद्ध त्रिभुवन आर्मीको शानदार जित


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी कप छनोटअन्तर्गत त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिसलाई ५-१ गोल अन्तरले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा आर्मीले पाहुना टोली श्रीलंका पुलिसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा २–१ गोलले अगाडि रहेको आर्मीले दोस्रो हाफमा थप तीन गोल गरेको हो।

खेलको ५० औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको श्रीलंकाका किपर दिनेश महेन्द्रनले क्लियर गर्न नसकेको बललाई टंक बहादुर लिम्बुले गोल गरेका थिए । यस्तै, खेलको ८३ औँ मिनेटमा सुदिल राई र दोस्रो हाफको इन्जुरी टाइममा नवयुगले पाँचौ गोल गरेका थिए।

जितसँगै आर्मी एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ८ : ५६ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो