पत्रकार महासंघमा अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना « Khabarhub

पत्रकार महासंघमा अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा कोरोना संक्रमित पत्रकारका लागि अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

महासंघमा रहेको पत्रकार आवास गृहमा स्थापना गरिएको आइसोलेसनमा पाँच वटा बेड तयार भएका छन् भने अन्य पाँच बेड तयारीको अन्तिम चरणमा रहेको पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

हाम्रो टिम नेपालले चारवटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ भने मेक्सिम इन्टरनेसनल ट्रेडिङ्का प्रबन्ध निर्देशक नारायणबहादुर कार्कीका तर्फबाट दुईवटा सिलिण्ड प्राप्त भएको छ ।

काठमाडौं मेडिकल कलेज सिनामङ्लको परामर्सका आधारमा संक्रमित पत्रकारलाई अक्सिजन तथा अन्य स्वास्थ्य सम्बन्धि सुविधा उपलब्ध गराइने महासचिव पुरीले बताए ।

महासंघमा अभिलेख भएअनुसार देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमा २५२ जना सक्रिय संक्रमित छन् । जसमा प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमती प्रदेश १४, गण्डकी ७, लुम्बिनी २७, कर्णाली ३०, सुदूरपश्चि ३० र उपत्यका तीनवटा प्रदेशमा ११७ रहेका छन् । संक्रमतिमध्ये ३२ जनाको अस्पतालमा उपचाररत भइरहेको तथा ४ जना आइसियुमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको छ ।

महासंघले देशभर रहेका सबै प्रदेश र शाखाहरुलाई कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिताका लागि आग्रह गरिरहेको छ ।

सो क्रममा अहिलेसम्म रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पर्वत र बाग्लुङमा अक्सिजनसहितको आइसोलेसन सेन्टरको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ७ : ०५ बजे

हर्क साम्पाङ सामाजिक सञ्जालमा किन बिर्सन्छन् हैसियत ?

सामाजिक सञ्जालमा एउटा भनाइ निकै चर्चित छ- ‘पहिले पोस्ट गर,

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)