किन पैदल हिँड्ने, कसरी हिँड्दा मिल्छ लाभ « Khabarhub

किन पैदल हिँड्ने, कसरी हिँड्दा मिल्छ लाभ


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिड्नु स्वास्थ्यकालागि निकै लाभदायक हुन्छ । तर यसको जानकार भएपनि धेरै मानिस पैदल हिड्न रुचाउँदैनन् । तर पैदल हिड्ने बानी बसाउनु राम्रो हुन्छ । यसकालागि दैनिक कम्तिमा आधा घण्टा र सातामा पाँच घण्टा छिटछिटो हिड्ने बानि बसाउनु पर्दछ ।

पैदल हिड्ने बानीले मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मुटु रोग, मोटोपना आदिबाट बच्न सकिन्छ । पैदल हिड्न बिहान मात्र राम्रो हुन्छ भन्ने हुदैँन जुनैबेला पनि हिड्नु लाभदायी हुन्छ । तर बिहानीको हिडाईले बढि लाभ भने दिने गर्दछ ।

एकदमै व्यस्त व्यक्तिले पनि दैनिक १५ मिनेट हिँड्न आवश्यक छ । अझ एक घण्टामा चार किलोमिटर पार गर्नेगरी हिडेमा यसले शरीरमा धेरै लाभ पुर्याउँछ । तर वृद्घ, रोगी, हाडजोर्नीका समस्या भएकाहरूले भने बिस्तारै हिँड्नु पर्दछ ।

हिड्दा वातावरणको प्रदूषण हुने, दुर्घटना हुने, कुकुरको टोकाइजस्ता जोखिम हुने ठाँउमा भने हिड्नु हुदैँन । यसको सट्टा चारैतिर हरियाली भएको सफा क्षेत्रमा हिड्नु राम्रो हुन्छ । हिड्नु आधा घण्टाअघि पानी पिउनु पर्दछ र फर्केको आधा घण्टापछि पानी पिउनु पर्दछ ।

चिसो याममा वातावरणमा ससाना प्रदूषण कारक कणहरू हुने भएकाले धेरै चिसोमा हिँड्नु हुदैँन । मुटु, उच्च रक्तचाप, फोक्सोका रोगीहरू चिसो याममा बिहान नहिँडेर घाम लागेपछि वा चिसो कम भएपछि मात्र हिँड्नु उपयुक्त हुन्छ ।

सम्भव नभए बरु घर क्षेत्रमा केहिबेर छिटोछिटो हिड्नु पर्दछ । हिँड्दा आरामदायक चप्पल वा जुत्ता लगाउनु पर्दछ । बढी खुकुलो वा बढी टाइट कपडा वा जुत्ता लगाउनु हुँदैन ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ८ : ३५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।