नियमित दिसा नआएर समस्यामा हुनुहुन्छ ? अपनाउनुहोस् यी १० उपाय « Khabarhub

नियमित दिसा नआएर समस्यामा हुनुहुन्छ ? अपनाउनुहोस् यी १० उपाय


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नियमित समयमा भोजन गर्ने मानिसहरुमा दैनिक दुई पटक दिसा हुनु स्वभाविक हो । तर यो भन्दा कम वा बढि पटक दिसा भएमा पेटसम्बन्धी समस्या हुनसक्छ । पेट र दिसासम्बन्धीका केहि जानकारी यहाँ चर्चा गर्दैछौ ।

हामीले खाएको खाना आमाशय–सानो आन्द्रा–ठूलो आन्द्रा हुँदै पचेपछि पेटको तल्लो भागमा आएर जम्मा हुन्छ ।

पचिसकेको खानेकुरा दिसाथैलीमा भरिएको सूचना सुषुम्नामार्फत मस्तिष्कमा पुगेपछि हामीलाई दिसा लागेको महसुस हुन्छ । तर कतिपय अवस्थामा मेरुदण्ड र सुषुम्नामा कुनै चोटपटक लागे वा क्षति भए दिसाथैली भरिएको सूचना मस्तिष्कमा नपुग्न पनि सक्छ र हामीलाई दिसा लागेको महशुस हुदैँन ।

यस्तो अवस्थामा धेरै दिनसम्म दिसा नहुने, कब्जियत हुने वा थाहै नपाई दिसा हुन सक्छ । यदि कसैमा यस्तो समस्या भएमा दिसा गर्न सहज बनाउन केही उपाय अपनाउनु पर्दछ ।

१. दैनिक कम्तीमा ३/४ लिटर पानी पिउने ।
२. खानामा नियमित रेशायुक्त भोजन (सागसब्जी, फलफूल) समावेश गर्ने ।
३. समय तालिका बनाएर सोही तालिका अनुसार भोजन गर्ने र शौच गर्ने प्रयाश गर्ने ।
४. दिसा गरिसकेपछि मलद्वारलाई मज्जाले सफा गर्ने ।
५. शौच जानुभन्दा केहीबेर अघि मनतातो झोल वा पानी पिउने बानी बसाउने ।
६. शौचालयमा दिसा आउन्जेल प्रतिक्षा गर्न सकिँदैन भने बाहिर निस्केर तयारीमा बस्ने ।
७. सधै हात सफा राख्ने र हातखुट्टाका नङ काट्ने ।
८. आफुलाई अनुकुल हुने कमोडमा बस्ने सकेसम्म टुक्रुक्क बस्ने कमोडको प्रयोग गर्ने ।
९. पेट सफा राख्न चिल्लो, मसलादार तथा धेरै तारेको खानेकुरा नखाने ।
१०. एउटै आसनमा लामो समय नबस्ने ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ४ : ४० बजे

लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन्

काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ

आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी

काठमाडौँ– सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा– सिरहाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित