मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते « Khabarhub

मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् । वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।

घाइतेमध्ये १६ वर्षीय अमन परियार र ५७ वर्षीय माने परियारलाई गम्भीर चोट लागेको छ । घाइतेको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका बिरामीलाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए ।

घाइते हुनेमा एउटै गाउँका बलबहादुर परियार, डिलबहादुर परियार, रामचन्द्र परियार, शक्ति परियार, मिठु परियार, सुमित परियार, रविना परियार, अङ्कित परियार, उज्ज्वल परियार, बाबुराम परियार, डिले परियार, मीन परियार, अनिनाथ परियार, अमृशा परियार र पृथ्वी परियार रहेका छन् । सामान्य घाइते रहेका चालक अनिनाथ परियारलाई प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

उनीहरु कुश्मा–१३ खौलालाँकुरीकै विष्णु परियारको अस्पतालमा मिर्गाैला डायलासिस गराउने क्रममा मृत्यु भएपछि शव जिम्मा लिनका लागि अस्पताल आउने क्रममा दुर्घटना भएको हो । विष्णुको जिल्ला अस्पतालमा यही वैशाख २३ गते मृत्यु भएको हो । क्षमताभन्दा बढी यात्रु बोकेको जीप ओरालो सडकमा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १ : ०२ बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा