मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते | Khabarhub Khabarhub

मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् । वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।

घाइतेमध्ये १६ वर्षीय अमन परियार र ५७ वर्षीय माने परियारलाई गम्भीर चोट लागेको छ । घाइतेको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका बिरामीलाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए ।

घाइते हुनेमा एउटै गाउँका बलबहादुर परियार, डिलबहादुर परियार, रामचन्द्र परियार, शक्ति परियार, मिठु परियार, सुमित परियार, रविना परियार, अङ्कित परियार, उज्ज्वल परियार, बाबुराम परियार, डिले परियार, मीन परियार, अनिनाथ परियार, अमृशा परियार र पृथ्वी परियार रहेका छन् । सामान्य घाइते रहेका चालक अनिनाथ परियारलाई प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

उनीहरु कुश्मा–१३ खौलालाँकुरीकै विष्णु परियारको अस्पतालमा मिर्गाैला डायलासिस गराउने क्रममा मृत्यु भएपछि शव जिम्मा लिनका लागि अस्पताल आउने क्रममा दुर्घटना भएको हो । विष्णुको जिल्ला अस्पतालमा यही वैशाख २३ गते मृत्यु भएको हो । क्षमताभन्दा बढी यात्रु बोकेको जीप ओरालो सडकमा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १ : ०२ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका