राम्दी घाटमा २५ भन्दा बढी मलामी जम्मा हुन नपाइने « Khabarhub

राम्दी घाटमा २५ भन्दा बढी मलामी जम्मा हुन नपाइने


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– गल्याङ नगरपालिका–१ राम्दी घाटमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको हो ।

स्थानीयवासी शिवहरि अमात्यले २५ जनाभन्दा बढी मलामी राम्दीमा जम्मा हुन नपाउनेसहितका निर्णय गरिएको बताए । अमात्यका अनुसार बिहान ६ देखि साँझ ६ बजेसम्म मात्रै शव जलाउन पाइने भएको छ ।

अन्य समयमा अन्तिम संस्कार गर्न पूर्ण रुपमा निषेध गरिएको उनले बताए । यस्तै मलामीहरु खानपिनका लागि बजारमा बस्न नपाउने र बजार डुल्न नपाउने निर्णय गरिएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै रोकथामका लागि यस्तो निर्णय गरिएको बताइएको छ । स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा शव जलाउनका लागि स्याङ्जा, पाल्पा, रुपन्देहीबाट समेत ल्याइने गरिन्छ ।

कोरोना सङ्क्रमण बढेसँगै त्रसित बनेका राम्दीका स्थानीय बासिन्दाले मलामी धेरै आउँदा आफूहरुलाई सङ्क्रमणको जोखिम बढी हुने भएकाले २५ जनाभन्दा बढी मलामी आउनाका साथै मलामी आउनेलाई बजार क्षेत्रमा हिँड्डुल गर्न रोक लगाइएको स्थानीयवासी सुशीला श्रेष्ठले जानकारी दिइन् ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १ : १७ बजे

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको