रियो दी जेनेरोमा प्रहरी र तस्करबीच गोली हानाहान, कम्तीमा २५ जना मृत्यु « Khabarhub

रियो दी जेनेरोमा प्रहरी र तस्करबीच गोली हानाहान, कम्तीमा २५ जना मृत्यु


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्राजिलको रियो दी जेनेरोमा बिहीबार प्रहरी र लागूपदार्थका शंकास्पद तस्करबीच गोली हानाहान हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान गएको छ । मृत्यु हुने अन्यहरुमा आपराधिक समूहका सदस्यहरु रहेको प्रहरीको भनाइ छ ।

उक्त गोली हानाहानको घटना स्थानीय समय अनुसार बिहीबार बिहानै भएको थियो । प्रहरीले रियो दी जेनेरोको जाकारेजिन्हो नामको झुपडबस्तीमा लागूऔषधका तस्करहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा भिषण कारबाही गरेको थियो । यसक्रममा ठूलो संख्यामा प्रहरीहरु आधुनिक हतियार सहित उक्त बस्तीमा पुगेका थिए ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका दृश्यहरुमा झुपडबस्तीका धेरै ठाउँमा ग्यास बम बिस्फोट गरिएको र गोली चलेको आवाज सुनिएको छ । हेलिकप्टरबाट लिइएका तस्वीरहरुमा सशस्त्र तस्करहरु घरका छानाबाट भाग्दै गरेका देखिएका छन् ।

जाकारेजिन्हो झुपडबस्तीलाई रेड कमान्ड नाम गरेको आपराधिक समूहले आफ्नो अखडा बनाउँदै आएको थियो । रियो दी जेनेरोका अन्य झुपडबस्तीहरु पहाडी इलाकाहरुमा रहे पनि जाकारिन्हो बस्ती भने समथल ठाउँमा छ । रासस–सिन्ह्वा

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  २ : ५३ बजे

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी