रुसमा ‘जुनुको जुत्ता’लाई ‘बेस्ट सर्ट फिल्म अवार्ड’ « Khabarhub

रुसमा ‘जुनुको जुत्ता’लाई ‘बेस्ट सर्ट फिल्म अवार्ड’


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केदार श्रेष्ठ निर्देशित सर्ट फिल्म ‘जुनुको जुत्ता (द सुज अफ अ लिटल गर्ल)’ ले रुसको ‘फेस्टप्रो फिल्म फेस्टिभल’ मा ‘बेस्ट सर्ट फिल्म अवार्ड’ जितेको छ ।

फिल्मले जुत्ता चप्पल उल्टो लगाउने सानो बालिकाको कथा देखाएको छ । आफ्ना अग्रजले जुत्ता ‘सुल्टो’ नलगाउँदा पाएको गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायलाई प्रस्तुत गरिएको छ ।

विभु पौडेल र सुशान्त श्रेष्ठ निर्माता रहेको फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हामू लामा, खड्ककुमारी शर्मालगायतको अभिनय छ ।

फिल्ममा सरुन मानन्धरको छायांकन, विप्लपराज पोखरेलको सम्पादन, किशोर आचार्यको साउण्ड डिजाइन, रिकेन महर्जनको संगीत छ । मधुसुदन रिमाल, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ फिल्मको कार्यकारी निर्माता हुन् ।

फिल्मले यसअघि अमेरिकाको ‘वामकिड्स फिल्म फेस्टिभल’मा ‘बेस्ट लाइभ एक्सन सर्ट फिल्म अवार्ड’ पाएको थियो ।

फेस्टिभलमा रुसकै ‘द फाइनल स्ट्याण्ड’ले ‘बेस्ट फिचर फिल्म’, चिलीको ‘द ब्वाय एण्ड द माउण्टेन’ले ‘बेस्ट एनिमेटेड फिल्म’, जर्मनीको ‘टेल्स अफ लाइट’ले ‘बेस्ट चिल्ड्रेन्स फिल्म अवार्ड’ प्राप्त गरे ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ३ : ३५ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका