नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूत गर्न सरकार गम्भीर छ : मन्त्री गुरुङ « Khabarhub

नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूत गर्न सरकार गम्भीर छ : मन्त्री गुरुङ


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हरेक नागरिकको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्न सरकार गम्भीर र सम्वेदनशील रहेको बताएका छन् ।

शुक्रबार छैठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले कोरोनाबाट बच्न सरकारले जारी गरेको आदेश, अपिल र अनुरोधलाई इमान्दारपूर्वक पालना गर्न पनि आह्वान गरे ।

मन्त्री गुरुङले कोरोना महमारी बढेसँगै गुनासो पनि बढेको भन्दै अक्सिजन लगायतका अन्य व्यवस्थापन गर्न सरकार तीव्र रुपले लागेको बताए ।

गुरुङले पत्रकारहरूले अहिलेको अवस्थामा समाजबाट कोभिडमुक्त गर्न सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।

उनले कोभिडको महामारीमा सामाजिक सञ्जालको प्रयोग गर्दै कोभिडबाट निको हुने घरेलु उपायहरू सेयर गरेर सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्रालयले वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार १६ जना पत्रकारलाई प्रदान गर्ने घोषणा गरेको छ ।

जसअनुसार वरिष्ठ पत्रकार सम्मान २०७६ बाट स्व सुकदेव नेपाल र हर्ष सुब्बा पुरस्कृत भएका छन् भने वरिष्ठ पत्रकार सम्मान २०७७ बाट रघु मैनाली र शार्दूल भट्टराई सम्मानित भएका छन् । उक्त पुरस्कारको राशि जनही २ लाख रहेको छ ।

त्यस्तै राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट इन्द्र बुढा, मात्रिका पौडेल ,संगिता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर विक र शीतल साह पुरस्कृत हुनुभएको छ भने राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट दिलीपकुमार थापामगर, दीपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेल पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशि जनही १ लाख रहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : २८ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन