नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूत गर्न सरकार गम्भीर छ : मन्त्री गुरुङ | Khabarhub Khabarhub

नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूत गर्न सरकार गम्भीर छ : मन्त्री गुरुङ


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हरेक नागरिकको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्न सरकार गम्भीर र सम्वेदनशील रहेको बताएका छन् ।

शुक्रबार छैठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले कोरोनाबाट बच्न सरकारले जारी गरेको आदेश, अपिल र अनुरोधलाई इमान्दारपूर्वक पालना गर्न पनि आह्वान गरे ।

मन्त्री गुरुङले कोरोना महमारी बढेसँगै गुनासो पनि बढेको भन्दै अक्सिजन लगायतका अन्य व्यवस्थापन गर्न सरकार तीव्र रुपले लागेको बताए ।

गुरुङले पत्रकारहरूले अहिलेको अवस्थामा समाजबाट कोभिडमुक्त गर्न सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।

उनले कोभिडको महामारीमा सामाजिक सञ्जालको प्रयोग गर्दै कोभिडबाट निको हुने घरेलु उपायहरू सेयर गरेर सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्रालयले वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार १६ जना पत्रकारलाई प्रदान गर्ने घोषणा गरेको छ ।

जसअनुसार वरिष्ठ पत्रकार सम्मान २०७६ बाट स्व सुकदेव नेपाल र हर्ष सुब्बा पुरस्कृत भएका छन् भने वरिष्ठ पत्रकार सम्मान २०७७ बाट रघु मैनाली र शार्दूल भट्टराई सम्मानित भएका छन् । उक्त पुरस्कारको राशि जनही २ लाख रहेको छ ।

त्यस्तै राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट इन्द्र बुढा, मात्रिका पौडेल ,संगिता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर विक र शीतल साह पुरस्कृत हुनुभएको छ भने राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट दिलीपकुमार थापामगर, दीपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेल पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशि जनही १ लाख रहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : २८ बजे

विप्लव फकाउने होडबाजी : प्रचण्डले वार्ता गरेलगत्तै हरिसिद्धि पुगे जनार्दन

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

भूमि समस्या आयोगको ढाँचामा निवेदन फारम बुझाउन मातहतका निकायलाई कांग्रेसको आग्रह

काठमाडौं– नेपाली कांग्रेसले जिल्ला कार्यसमितिहरूलाई भूमि समस्या समाधान आयोगले तोकेको

रुपन्देही जिल्ला अदालतको आदेशविरूद्ध उच्च पुगे रवि, बैंक जमानतमा रिहा गर्न माग

काठमाडौँ- जिल्ला अदालत रुपन्देहीले बैंक जमानतमा रिहा गर्न अस्वीकार गरेपछि

उत्पादनमा आधारित अनुदानले बेनीका किसान उत्साही

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि किसानहरू

वामदेवको दिक्दारी : युवराज सफलले समेत मलाई पार्टीबाट निकालिदिए

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वामदेव गौतमले कुनै