कोरोना संक्रमणको रोकथाममा खटिन गृहमन्त्री थापाको निर्देशन « Khabarhub

कोरोना संक्रमणको रोकथाममा खटिन गृहमन्त्री थापाको निर्देशन


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापाले मकवानपुर जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको आज निरीक्षण गरेका छन् ।
उनले उक्त कार्यालयले जनहितका लागि पुर्‍याएका विभिन्न सेवाको पनि सम्बन्धित अधिकृतबाट जानकारी लिए ।

सो अवसरमा मन्त्री थापाले तत्कालै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी जिल्ला अस्पताललगायत विभिन्न स्थानीय तहमा आइसोलेशन कक्षको स्थापना गर्नाका साथै जिल्ला समन्वय समिति र स्थानीय तहसँग समन्वय गरेर उपचारसेवालाई अघि बढाउन प्रजिअलाई निर्देशन दिए ।

उनले जनतालाई शान्तिसुरक्षाको अनुभूति दिलाउन जिल्ला सुरक्षा समितिलाई भूमिका निर्वाह गर्न आग्रह गर्दै जिल्लाका अस्पताल र स्वास्थ्यकर्मीलाई संघीय सरकारले आफ्नो स्रोतसाधन र चिकित्सकको दरबन्दी उपलब्ध गराउँदै आएको स्मरण गराए ।

सो अवसरमा प्रजिअ भरतमणि पाण्डेले जिल्लामा शान्तिसुरक्षाको अवस्थामा सुधार आएको, विभिन्न स्थानमा प्रहरी परिचालन भइरहेको र कोभिड–१९ नियन्त्रणका लागि जनशक्ति परिचालन गरिएको बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : ५९ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन