२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण) « Khabarhub

२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण)


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ९ हजार २३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१९ हजार ९८७ जनाको पीसीआर र ४९५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।

कुन जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ११, उदयपुरमा ६, ओखलढुंगामा ९, खोटाङमा ७, झापामा २१६, ताप्लेजुङमा ४९, तेह्रथुममा ७, धनकुटामा १५, पाँचथर ४, भोजपुरमा ३, मोरङमा २७३, संखुवासभामा १५, सुनसरी ९८ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा १०६, पर्सामा १३०, बारामा ३६, महोत्तरीमा ४०, रौतहटमा ५४, सप्तरीमा १६, सर्लाहीमा २६ र सिरहामा २५ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३ हजार ८९ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १८०, चितवनमा ३४३, दोलखामा ५१, धादिङमा ५९, नुवाकोटमा ७९, भक्तपुरमा ३७४, मकवानपुरमा ६३, रसुवामा २८, रामेछापमा ४१, ललितपुरमा ६४३, सिन्धुपाल्चोकमा २३ र सिन्धुली २१ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३९३, गोरखामा ८३, तनहुँमा ४७, नवलपरासी पूर्वमा १००, पर्वत ६१, मनाङ १, म्याग्दी ४४, लमजुङमा २२, बागलुङमा ७ र स्याङजामा ४१ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४२, कपिलवस्तुमा २७, गुल्मीमा ३०, दाङमा ३६६, नवलपरासीमा ८७, पाल्पामा ८०, प्यूठानमा ७, बर्दियाका २४, बाँकेमा २२२, रुकुम पूर्व २, रुपन्देहीमा ७३० र रोल्पामा ५ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा २, जुम्ला ३, दैलेखमा २८, सल्यानमा १०, सुर्खेतमा ५ र हुम्लामा ३ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ६२, कञ्चनपुरमा ४५, कैलालीमा १२५, डडेल्धुरामा ३०, डोटी २४, दार्चुला ३, बझाङमा २, बाजुरामा १ र बैतडीमा ११४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : ५९ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ